लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहमा रहेको स्वतन्त्र भूतपूर्व सैनिक कल्याणकारी परिवारले नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदानप्रदान, भित्तेपात्रो वितरण र शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।
बिहिवार संस्थाको कार्यालयमा देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङले भित्तेपात्रो विमोचन एवं शैक्षिक सामाग्री वितरण गर्नुभएको हो। कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उपप्रमुख संस्थाले महिला सशक्तीकरण, पुरुष भलिबल प्रतियोगिता, रक्तदान, स्वास्थ्य शिविर लगायत सामाजिक कार्य गरेको भन्दै सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
कार्यक्रममा देवदह नगरपालिका वडा नम्बर -६ का वडा अध्यक्ष खेम बहादुर थापा, पूर्व अध्यक्ष किशन बहादुर थापा, संस्थापक कोषाध्यक्ष एवं पूर्व अध्यक्ष खोम बहादुर सेन ठकुरी,मिलन माश्की राना लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
सोही अवसरमा उदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री समेत वितरण गरिएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष विनोद गुरुङको अध्यक्षता, उपाध्यक्ष खड्क बहादुर पुनको स्वागत र महासचिव जय बहादुर पुलामीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij