बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहबाट मोटरसाइकल सहित चोरीको सामाग्री बरामद

देवदहबाट मोटरसाइकल सहित चोरीको सामाग्री बरामद

images
  • 1.3K
    SHARES

  • images
    images
    images
    देवदहबाट मोटरसाइकल सहित चोरीको सामाग्री बरामद
    images
    images
    images

    लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदहबाट १ थान मोटरसाइकल सहित चोरीको सामाग्री बराम गरेको छ।देवदह नगरपालिका वडा नम्बर -४ भवानीपुर, सिसपुर क्षेत्रबाट मोटरसाइकल सहित चोरीको सामाग्री बरामद गरिएको हो।

    प्रहरी चौकी खैरेनीले शुक्रबार बिहान पौने २ बजेको समयमा गस्तीको क्रममा सृष्टि सामुदायिक वनको कार्यालय भवानीपुरबाट लु ५० प ९९१९ मोटरसाइकल सहित चोरी कार्यमा प्रयोग गरिएको सामाग्री रिन्ची १४ थान, पिलास १, ठूलो कटर १ थान, रड १ थान, पेचकस २ थान, बिजुलीको ट्रान्सर्फमर तामाको टार अन्दाजी ५० केजि सहितका सामाग्री बरामद गरिएको हो।

    images
    images
    images

    २ वटा मोटरसाइकलमा आएका ४ जना मध्य एकवटा मोटरसाइकल सहित सामाग्री पक्राउ गर्न प्रहरी सफल भएको छ भने चोरीमा संलग्न व्यक्तिहरु फरार भएक छन् ।

    चोरीमा संलग्नको खोजी कार्य भैरहेको र मोटरसाइकल धनी पत्ता लगाई आवश्यक अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय बुटवल पठाइएको खैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले जानकारी दिनुभयो।

    images
    images

    लुम्बिनी पाना

    • शुक्रवार, चैत्र २९ २०८१०९:४८:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij