केशव पराजुली, लुम्बिनी पाना । सकारात्मक सोंच दृष्टीकोण र साकारात्मक विचारका साथ हामीले प्राप्त गरेका उपलब्धीहरुलाई संरक्षण गर्नु पर्ने देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिरा बहादुर खत्रीले बताउनु भएको छ ।१ रुपन्देहीको देवदह स्थित जनप्रिय माध्यामिक विद्यालय भलुहीको पूर्व विद्यार्थी समन्वय ईकाईले आयोजना गरेको नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान तथा शैक्षिक सामाग्री प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले उक्त कुरा बताउनु भएको हो । कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका खत्रीले सामाजिक उत्तरदायित्व निर्वाह गर्ने सन्दर्भमा फरक फरक राजनितिक पृष्ठभूमि भएपनि सचेत युवा तथा समाजसेवीहरुले एकै ठाँउमा उभिएर विद्यालयलाइृ केन्द्रमा राखेर विद्यालयको समग्र विकास गर्न सकिने धारणा ब्याक्त गर्नु भयो ।
पूर्व विद्यार्थी समन्वय ईकाईका अध्यक्ष नेमराज न्यौपानेको अ्रध्यक्षतामा भएका कार्र्यक्रममा सोही विद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका खत्रीले सामुदायिक विद्यालयमा दक्ष जनशक्ति भएकाले शिक्षाको गुणस्तर सुधार गर्न विद्यालय प्रशासन र विद्यालय ब्यवस्थापन समितिको समन्वय हुनु पर्ने भनाई राख्नु भयो । सोही अवसरमा पूर्व विद्यार्थी तथा भिम अस्पतालका अस्पताल ब्यवस्थापक छम बहादु अधिकारीले आफ्नो जन्मदिनको अवसरमा छुट्याएको १२ हजार ५ सय रुपैयाँ बराबरको रकमबाट खरिद गरेका शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गर्नु भएको थियो ।
त्यस्तै जनप्रिय सामुदायिक वनकी अध्यक्ष रुका सापकोटाले यसै शैक्षिक सत्रमा एक छात्र र एक छात्रा गरी दुई जनालाई कक्षा १ देखि कक्षा १० सम्म लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने घोषणा गर्नु भयो । पूर्व विद्यार्थी समन्वय ईकाईका सदस्य गोमा न्यौपाने नेपालको स्वागत तथा पूर्व विद्यार्थी श्याम थापाको संचालनमा भएको।
कार्यक्रममा देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनार, देवदह ९का वडा अ्रध्यक्ष मोहन जिसी, देवदह १० वडा सदस्य तथा जनप्रिय मावि ब्यवस्थापन समितिका अध्यक्ष अमर लामिछाने, विद्यालयका पूर्व अध्यक्ष तथा भलुही खानेपानीका अध्यक्ष राम प्रसाद सापकोटा, विद्यालयका पूर्व अध्यक्ष केशव पराजुली, देवदह ९ की वडा सदस्य कृष्णमाया राना, रोहिणी सामुदायिक बनका अध्यक्ष चन्द्र बहादुर रसाईली, समाजसेवी जसु पुन, पूर्व विद्यार्थीद्धय आनन्द पराजुली, कपिल पोखरेल, विष्णु केसी मल्ल, धनराज भुर्तेल, विनिता श्रीस लगायतले नयाँ बर्षको शुभकामना ब्याक्त गर्नु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij