बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

कोलिय इङलिस बोर्डिङ स्कुलमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

कोलिय इङलिस बोर्डिङ स्कुलमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम

images
  • 822
    SHARES

  • images
    images
    images
    कोलिय इङलिस बोर्डिङ स्कुलमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम
    images
    images
    images

    केशव पराजुली , लुम्बिनी पाना ।रुपन्देहीको देवदह स्थित कोलिय इङलिस बोर्डिङ्ग हाईस्कुल चरङ्गेले शनिवार पुरस्कार वितरण तथा सम्मान कार्यक्रम गरेको छ । स्कूलका अध्यक्ष हस्त बहादुर थापाको अध्यक्षता तथा देवदह नगरपालिका वडा नं. १० का वडा सदस्य रेनुका आले मगरको प्रमुख आतिथ्यताामा भएको कार्यक्रममा वडा सदस्य आले मगरले विद्यालयले गरेका राम्रा अभ्यासहरुको चर्चा गर्दै आफ्ना नानी बाबुहरुलाई नजिकैका शैक्षिक संस्थाहरुमा शिक्षा दिनु पर्नेमा जोड दिनु भयो ।

    कार्यक्रममा प्रमुख अतिथी समेत रहनु भएकी आले मगरले संस्थागत र सामुदायिक विद्यालयहरुमा स्वच्छ प्रतिस्पर्धा हुनु जायज रहेको भन्दै वडा सरकारले सवै बालबालिकाहरु शिक्षाबाट बन्चित हुन नपरोस भन्नेमा प्रतिबद्ध रहेको दावी गर्नु भयो । सोही कार्यक्रममा स्कूलका प्राचार्य राजेन्द्र पराजुलीले विद्यालयको शैक्षिक गतिविधीबारे अभिभावकलाई जानकारी गराउँदै विद्यालयले विद्यार्थीहरुको शैक्षिक तथा ब्यवहारिक ज्ञानको लागि हर सम्भव शिकाई गराउँदै आएको र आगामी दिनमा पनि अझै प्रभावकारी ढंगबाट अध्यापन गराईने बताउनु भयो ।

    images
    images
    images

    कार्यक्रममा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप, सरसफाई, शैक्षिक नतिजा, तथा अभिभावकहरुको लागि कुर्सि दौड खेल खेलाई पुरस्कार तथा सम्मान गरिएको थियो । यस अघि शुक्रबार नतिजा प्रकाशन तथा नयाँ बर्ष २०८२ को भित्ते पात्रो विमोचन गरिएको थियो । 

    सहायक प्राचार्य पउखा कुमारी थापाको स्वागत तथा शिक्षक संयोजक चित्र बहादुर आलेको संचालनमा भएको कार्यक्रममा विद्यालयका लेखा संयोजक यम बहादुर थापा, संस्थापक सदस्य सिता क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij