बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा २ हप्ते बाध्यवादन तालीम सम्पन्न

देवदहमा २ हप्ते बाध्यवादन तालीम सम्पन्न

images
  • 757
    SHARES

  • images
    images
    images
    देवदहमा २ हप्ते बाध्यवादन तालीम सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा २ हप्ते बाध्यवादन तालीम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नम्बर -३ को आयोजना र रोहिणी सांस्कृतिक मञ्चको सहजीकरणमा देवदह-३ सेमरहानामा तालीम सम्पन्न भएको हो।

    कार्यक्रमको समापन समारोहमा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका वडा नम्बर -३ का का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले मौलिक सस्कृतीलाई जोगाउन र महिलाहरुलाई सीप प्रदान गर्न तालीमको आयोजना गरिएको बताउनुभयो। तालीम अवधिभर सफलतापूर्वक प्रशिक्षण लिइ दक्ष भएको भन्दै वडा अध्यक्ष अर्यालले वडाले आगामी दिनहरुमा समेत महिलाहरुलाई लक्ष्यित गरि योजनाहरु बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    images
    images
    images

    वडाले समानुपातिकरुपमा सबै पक्षलाई समेटेर विकास निर्माणका कार्यहरु संचालन गरिरहेको बताउँदै उहाँले वडाको विकास निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको धारणा व्यक्त गर्नुभयो।

    तालिममा देवदह -३ का ५ वटा आमा समूहका ४० वटा आमा समूहहरुलाई हार्मोनियम मादल, खैजडी र मजुरा बजाउन सिकाइएको थियो। तालिमको समापन सत्रमा देवदह नगरपालिका कार्यपालिका सदस्य टिकिसरा सुनार, वडा सदस्य मेघनाथ न्यौपाने, अम्रिका चौधरी, ब्राह्मण समाज देवदहका नगर अध्यक्ष विश्नु अर्याल, प्रशिक्षक भगेन्द्र बहादुर विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो।

    त्यस्तै प्रशिक्षार्थीको तर्फबाट शिवालय प्रगतिशील आमा समूहका अध्यक्ष केशरी गैरे , नेपाल छहारी आमा समूहका अध्यक्ष बिष्णु भारती, मेलमिलाप आमा समूहका अध्यक्ष जगुमाया सुवेदी, हिउँचुली आमा समूहका अध्यक्ष रिता पाण्डे, चाहाना आमा समूहका सचीव रिता थापा लगायतले मन्तव्य व्यक्त गर्दै १५ दिनको तालिममा बाध्यवादनमा धेरै कुरा सिकेको बताउँदै यसलाई पूर्ण बनाउन अझै यसको एडभान्स तालिम लिन चाहेको बताउनुभयो ।

    कार्यक्रम संस्थाका अध्यक्ष प्रीतम कुमार थापा मगरको अध्यक्षता, कोषाध्यक्ष युवा कुमारी कामु थापाको स्वागत र निर्मल थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij