लुम्बिनी पाना, देवदह । बौद्ध शिक्षा विश्वमै वैज्ञानिक शिक्षा रहेको बौद्ध समाज नेपालका अध्यक्ष शंकर गाहाले बताउनु भएको छ । गत चैत्र २ गते रुपन्देहीको देवदहमा सम्पन्न बौद्ध धम्म यात्राको समिक्षा तथा सम्मान कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । देवदह बौद्ध विहार देवदह–५ र बौद्ध स्तुपा देवदह–३ रुपन्देहिको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका गाहाले बुद्धको मावली क्षेत्रको नाताले पनि देवदहवासीहरु बौद्ध शिक्षा प्रति उत्साहित हुनुपर्ने भन्दै देवदहमा बौद्ध लाइब्रेरीको आवश्यक्ता रहेकोले त्यसको लागि योजना अघि बढाइएको जानकारी दिनु भयो ।
उहाँले पुस्तकालय भएमा बुद्धको बारेमा अध्ययन गर्न सहज हुने र बौद्ध अनुयायिहरुको संख्या बढ्ने दावी गर्नु भयो । धम्म यात्राका संयोजक भविन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा गाहाले थाइल्याण्डका भिक्षुहरु लुम्बिनी आउँदा देवदहका बुद्ध बिहार समेत भ्रमण गराउर्ने वातावरण निर्माण गर्न बौद्ध समाज नेपाल लागिरहेको जानकारी दिदै ‘बौद्ध समज नेपालले थाई भिक्षुहरुलाई देवदह आउने वातावरणका लागि अन्तरक्रिया गरिरहेको बताउनु भयो।
सोहि अवसरमा बोल्दै नेपाल मगर संघ केन्द्रिय सह अध्यक्ष दलबहादुर बिरकट्टा मगरले स्थापना कालदेखी नै नेपाल मगर संघले बौद्ध धर्म प्रचारका लागि काम गरिरहेको बताउँदै बौद्ध शिक्षाप्रती विद्यार्थिलाइ आकर्षित गराउन बौद्ध शिक्षालाई देवदहका घरघरमा पुर्याउनुपर्नेमा बताउनु भयो । कार्यक्रममा यात्राका सह संयोजक चक्रबन्धु थापाले एक लाख ६९ हजार चार सय १५ रुपैंया आम्दानी र एक लाख ५३ हजार ११ रुपैंया वरावरको खर्च विवरण प्रस्तुत गर्नु भएको थियो ।३
वापा वेद बहादुर सर्वुजा मगरको स्वागत र भवि थापाको सञ्चालनमा भएको कार्यक्रमको अवसरमा धम्म यात्रा व्यवस्थापनमा खटिएका संस्थाहरु सहयोगिहरुलाई सम्मानपत्र द्धारा सम्मान गरिएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij