लुम्बिनी पाना, देवदह। रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर -६ मा बालमैत्री स्थानीय शासन सम्बन्धि बाल लोक गीत प्रतियोगिता सम्पन्न भएको छ।देवदह नगरपालिका वडा नम्बर -६ को आयोजनामा बाल समूह स्तरीय प्रतियोगिता सम्पन्न भएको हो।
देवदह नगरपालिका वडा नम्बर -६ का ६ वटा बाल समूहहरु सहभागी प्रतियोगितामा एकता भृकुटी बाल क्लब प्रथम, दाउन्ने बाल क्लब, द्वितीय र युगज्योती बाल क्लबले तृतीय स्थान हासिल गर्न सफल भएको वडा सचीव चित्र वहादुर सुनारीले जानकारी दिनुभयो।विजयी समूहलाई शैक्षिक सामाग्री, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेलले यस्ता खालका बालबालिका लक्ष्यित कार्यक्रमले बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
नगर प्रमुख खरेलले देवदह नगरपालिकालाई २०८२ को फागुन भित्र बालमैत्री वडा बनाउने गरि वडाहरुमा बालमैत्री अभियान संचालन गरिएको बताउनुभयो। उहाँले बालमैत्री वडा सङ्गै समृद्ध वडा बनाउने अभियानमा जोडिन नगरपालिका वासीलाई आग्रह समेत गर्नुभयो।
कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङ, कार्यपालिका सदस्य रुपा कुमारी शर्मा ढुंगाना, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा गणेश बस्याल, अध्यक्ष शिवालय टाेल राधाकृष्ण न्याैपाने, सचिव अमरिसंह टाेल, मिना केसी अध्यक्ष एकता टाेल ईमा भुसाल अध्यक्ष मिलन आमा समूह युगज्याेती माविकि शिक्षक शिला मल्ल, देवदह खानेपानी उपाध्यक्ष अनिसा पाैडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रतियोगिताको प्रशिक्षकमा देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बालमैत्री अभियान्ता जय किशन अधिकारी, नेपाल बाल संगठनका रुपन्देही जिल्ला उपाध्यक्ष अन्जु श्रेष्ठ र स्थानीय कलाकार सध्या मगरले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रम देवदह नगरपालिकाका वडा नम्बर -६ का वडा अध्यक्ष खेम बहादुर थापाको अध्यक्षता, नगर बाल संजालका कोषाध्यक्ष, वडा बाल संजालका अध्यक्ष सन्देश पाण्डेको स्वागत र बालमैत्री सहजकर्ता वविता भट्टराईको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij