लुम्बिनी पाना।रूपन्देहीको देवदहमा अचार बनाउने तालिम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नं.१० काे सहयोग तथा देवदह सामुदायिक विकास तथा सिकाई केन्द्र देवदहकाे सहजीकरणमा चैत्र २८ गते देखि बैशाख १ गते सम्म संचालित महिला लक्षित कार्यक्रम अन्तर्गत मंगलबार उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रम देवदह १० कि वडा सदस्य रेनुका आले मगरकाे अध्यक्षता तथा देवदह १०का वडा अध्यक्ष यक बहादुर सुनारकाे प्रमुख आतिथ्यतामा भएकाे हाे । कार्यक्रमलाई सम्बाेधन गर्दै वडाअध्यक्ष सुनारले सामुहिकरूपमा ब्यावसाय संचालन गर्न आग्रह गर्दै संगठितरूपमा आएमा वडाले हर सम्भव सहयाेग गर्ने प्रतिबद्वता ब्याक्त गर्नु भयाे । उक्त तालिममा सीता क्षेत्री तथा संगिता कुमारी केवटले प्रशिक्षण दिनु भएकाे थियाे ।
देवदह सामुदायिक विकास तथा सिकाई केन्द्र देवदहका सल्लाहकार जितेन्द्र प्रसाद हरिजनकाे संचालनमा भएकाे कार्यक्रममा देवदह १० कि वडा सचिव सीता अधिकारी, वडा सदस्य अमर लामीछाने, सहभागीहरू गंगा राई,दिनु सुनार, विनिता शर्मा लगायतले मन्तब्य ब्याक्त गर्दै उत्पादनमा मात्र नभई उत्पादित बस्तुलाई बजारिकरणकाे समस्या समाधानको लागि वडा कार्यालयले पहल गर्नु पर्ने धारणा राखेका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij