अर्वेन्द्र गिरी 'सुनिल' लुम्बिनी पाना। घरमा राखेको कलश होस या मन्दिरमा राखेको दानपेटिका, मोटरसाइकल स्कुटरदेखी खानेपानी तारहरु, सहकारी संस्था किन नहोस्, खोरबाट बाख्रा हराउनु समेत देवदहको लागि कुनै नौलो थिएन।
तर दिनप्रतिदिन मन्दिर र घरहरूमा राखिएको पित्तल र तामाको कलश लगायतका सामाग्री हराउँदा देवदहवासी आजित थिए। देवदहमा मात्र होइन रुपन्देही र आसपासको जिल्लामा समेत कलश चोरी आतंक फैलिएको थियो।
धार्मिक स्थलमा कलश राख्नु श्रद्धाको प्रतीक हो। तर, रहस्यमय र तीव्र गतिमा बढ्दै गएको चोरीको घटनाले सर्वसाधारण आजित हुनु स्वभाविकै थियो। नत चोरीको घटना रोकिएको थियो नत चोरी गर्ने गिरोहनै पक्राउ पर्न सकेको थियो।
लुम्बिनी पानाको विशेष शृङ्खला 'लुकेका पाना'को टिमले देवदहमा भैरहेको अन्य चोरीको घटनाभन्दा कलश चोरीको घटनालाई विशेष निगरानी र चासोका साथ हेरिरहेको थियो। प्रहरी सङ्ग समन्वय गरेर चोरीको घटना नियन्त्रण गर्न पहल गरिरहेको थियो।
अन्ततः खैरेनी प्रहरी चौकीको र वडा प्रहरी कार्यालय बुटवलको टोलिले कलश चोरी गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ।
अन्दाजी २६, २८ वर्षको जस्ता देखिने एक युवा देवदह -९ स्थित घोडाहाको एक घरमा बैशाख १ गते रातको ११:५५ बजे दिवार नागेर प्रवेश गर्छन्।घरको गेटमा राखिएको कलश चोरी गरि बोरामा राखेर आरम सङ्ग निस्किएको सिसिटिभी फुटेजमा देख्न सकिन्छ।
बैशाख २ गते खैरेनी प्रहरी चौकी र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलिले बुटवल -११ पुरानो बसपार्कबाट पक्राउ गर्न सफल भएको छ।
यस अगाडि एक मोटरसाइकल सहित चोरी गर्न प्रयोग गरिएको सामाग्री नियन्त्रण गर्न सफल भएको खैरेनी प्रहरी चौकीले पछिल्लो समय चोरीको घटना नियन्त्रण गर्न विशेष सक्रियता देखाएको थियो।
पक्राउ पर्ने व्यक्ति बुटवल -११ मजुवा घर बताउने आशिष परियार भएको खैरेनी प्रहरी चौकीका एक्क बहादुर नेपालीले जानकारी दिए। तर बयानमा भने उनले नाम फेरेर विशाल नेपाली नाम बताएको र हाल एकपटक मात्र होइन ७ पटक सम्म देवदहबाट कलश लगायत सामाग्री चोरी गरेको स्वीकार गरेको प्रहरी बताउँछ।
यस अगाडि उनी सोही प्रकृतिको घटनामा पक्राउ परेको र अभ्रद व्यावहारको मुद्दा दर्ता भई १ हजार धरौटीमा छुटेका थिए। छुटेको दुई दिन नहुदै पुनः चोरी कार्यमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हाल उनलाई ईलाका प्रहरी कार्यालयबाट चोरीको कसुरमा मुद्दा दर्ता गरि जिल्ला अदालत भैरहवामा म्याद थप भई अनुसन्धान भैरहेको छ।कलशहरू चोरेर कवाड कारखानामा बेच्ने गरेको खुलासा भएको र आवश्यक प्रमाणहरु जुटाउने कार्यहरु भैरहेको प्रहरीले जनाएको छ।
नेपालको संविधानको दफा २४२ को उपदफा (२), दफा २४५ र २४६ मा चोरी सम्बन्धि कसूरमा ३ वर्षसम्म कैद तथा रु.३० हजारसम्म जरिबाना हुने व्यवस्था गरिएको छ।
यस्तो छ चोरी तथा डाँका सम्बन्धी कसूरमा सजाय निर्धारण मुलुकी अपराध (संहिता) ऐन, २०७४ को भाग-२ को परिच्छेद-२० मा चोरी तथा डाँका सम्बन्धी विभिन्न कसूरजन्य कार्यहरुलाई अपराधीकरण गरी कसूर गर्ने व्यक्तिलाई सजायको व्यवस्था गरिएको छ। उक्त परिच्छेदमा उल्लिखित कसूरहरु मध्ये दफा २४२ को उपदफा (१), दफा २४३ र २४४ मा न्यायिक स्वविवेकमा सजाय निर्धारण गर्नु पर्ने गरी सजायको माथिल्लो तथा तल्लो हदको व्यवस्था गरिएको छ।
सोही परिच्छेदको दफा २४२ को उपदफा (२), दफा २४५ र २४६ मा उल्लिखित कसूरमा ३ वर्षसम्म कैद तथा रु.३० हजारसम्म जरिबाना हुने व्यवस्था गरिएको छ।
साथै, चोरी तथा डाँका सम्बन्धी कसूर गर्ने कसूरदारलाई अपराध सहिताको परिच्छेद-१३ मा उल्लिखित सजायका अतिरिक्त सोही संहिताकै अन्य परिच्छेद तथा प्रचलित कानून बमोजिम थप सजाय हुने व्यवस्था समेत रहेको छ।३ वर्षसम्म कैद तथा रु.३० हजारसम्म जरिवाना हुने कसूरमा सजाय निर्धारणको प्रयोजनका लागि छुट्टै सुनुवाई गर्नु नपर्ने भएकोले उल्लिखित कसूर गर्ने कसूरदारलाई सजाय निर्धारण गर्न छुट्टै मार्गदर्शन बनाइएको छैन। उल्लिखित कसूर बाहेक दफा २४२ को उपदफा (१), दफा २४३ र २४४ मा उल्लिखित कसूर गर्ने कसूरदारलाई सम्बद्ध कानूनका व्यवस्थाहरुलाई समग्रतामा विचार गरी न्यायिक स्वविवेकमा उपयुक्त सजाय निर्धारण गर्न मार्गदर्शनको लागि सर्वोच्च अदालतले यो चोरी तथा डाँका सम्बन्धी कसुरको सजाय निर्धारण सम्बन्धी सामान्य मार्गदर्शन बनाएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij