लुम्बिनी पाना, देवदह।संस्कृति पहिचान भएको भन्दै लोप हुन नदिन र पुस्तान्तरणको लागी अभियान संचालन गर्नुपर्ने नेपाल मगर संघका केन्द्रिय सह-अध्यक्ष दल बहादुर विरकट्टा मगरले बताउनुभएको छ।शुक्रबार नेपाल मगर संघ देवदह नगर समितिले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले मगर संस्कृतिको अध्ययन गरि अभिलेख बनाई सुचिकृत गर्नुपर्ने बताउनुभएको हो।साथै संस्कृतिको जगेर्ना गर्न अभियान संचालन गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सह-अध्यक्ष विरकट्टाले बताउनुभएको हो।
सह-अध्यक्ष विरकट्टा मगरले नेपाल मगर संघ केन्द्रिय समितिले झण्डै ५० करोडको लगानीमा सास्कृतिक सङ्ग्रालय बनाउने महत्वाकांक्षी योजना परिकल्पना गरेको बताउँदै त्यसमा मगर संघको केन्द्रिय कार्यालय, भातृ संगठनको केन्द्रिय कार्यालय, मगर समुदायका ३ वटै भाषा संरक्षणका लागी कार्यालय लगायत रहने जानकारी दिनुभयो।
त्यस्तै कार्यक्रमका विशिस्ट अतिथि नेपाल मगर संघका केन्द्रिय लेखा समिति सदस्य जसबहादुर पुनले मगरहरु संस्कृति र भाषाको मामलामा धनी भएको बताउँदै यसको सम्बर्द्धन गर्नु मगर समुदायको प्रमुख दायित्व रहेको उल्लेख गर्नुभयो।शुभकामना आदानप्रदान कार्यक्रममा पूर्व अध्यक्ष शोभा कुमारी थापा, सल्लाहकार पदम थापा, जिल्ला सदस्य केशर बहादुर पुन, सल्लाहकार टेक बहादुर थापा, बुद्धिजीवी परिषद सदस्य यम राना तारा बहादुर थापा, लोकेन्द्र बहादुर जर्घा, केशव पुन लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष मन बहादुर रानाको अध्यक्षता, उपाध्यक्ष किशन बहादुर थापाको स्वागत र सचीव मिलन मास्की रानाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij