लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा विगत १५ वर्षदेखी संचालनमा रहेर देवदहको ब्राण्डको रुपमा पहिचान बनाउन सफल पौडेल मिष्ठान्न भण्डारले नयाँ व्यवस्थापनको साथ संचालनमा आउने भएको छ।
हाल देवदह -५ सिद्दार्थ कोलिनी मार्गमा विगत १५ वर्षदेखी खेमराज पौडेलले संचालनमा ल्याएको पौडेल मिष्ठान्न भण्डारले देवदह र आसपासको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।सोही पहिचान र ग्राहकको विश्वसनीयता र स्वास्थ्यलाई ख्याल गर्दै थप व्यवस्थित सहित संचालनमा ल्याउन लागेको सञ्चालक पौडेलले जानकारी दिनुभयो।
२०६७ भदौ ४ गतेदेखि सुरु गरेको भण्डारले करिब १ करोड लगानी सहित नयाँ व्यवस्थापनबाट यहि बैशाख १७ गतेदेखि देवदह-७ कामना सेवा विकास बैंक सङ्गैको भवनबाट संचालनमा आउन लागेको संचलक पौडेलले बताउनुभयो।
हाल ८ जना कामदार रहेको र नयाँ भवनबाट संचालनमा आएसङ्गै संख्या वृद्धि गरि १२ जनाले नियमित रोजगार पाएका छन् ।मिष्ठान्न भण्डारले मम, चाउमिन, केक, मिठाइँका परिकार सङ्गै अर्डर अनुसार खाजा नास्ताको परिकार उपलब्ध गराउदै आएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij