मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुद्ध सामुदायिक वनद्वारा १९ हजार ५ सय क्युफिट काठ संकलन

बुद्ध सामुदायिक वनद्वारा १९ हजार ५ सय क्युफिट काठ संकलन

images
  • 601
    SHARES

  • images
    images
    images
    बुद्ध सामुदायिक वनद्वारा १९ हजार ५ सय क्युफिट काठ संकलन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदहले यस आर्थिक बर्षमा १९ हजार ५ सय क्यूफिट काठ संकलन गरेको छ।आव २०८१/०८२ मा २४ हजार क्यूफिट वन पैदावर काठ÷दाउरा, सङ्कलन संकलन गर्ने लक्ष राखेकोमा १९ हजार ५ सय क्यूफिट काठ संकलन गरेको वनका अध्यक्ष टेक बहादुर रानाले जानकारी दिनुभयो।

    डिभिजन वन कार्यालय रुपन्देहीले वन व्यवथापन कार्ययोजना २०७९ बमोजिम यस आर्थिक बर्षमा २३ हजार ८ सय २० क्युफिट काठ संकलनको लागि सहमति प्रदान गरेकोमा बुद्द सामुदायिक वनको १० खण्डमध्य खण्ड १ को ३.३४ हेक्टर क्षेत्रफलबाट उक्त परिणामको काठ दाउरा संकलन गरिएको हो।

    images
    images
    images

    डिभिजन वन कार्यालयको सहमति बमोजिम १८२ रुख बाट ११६७ गोलिया, ८३२९.९८ क्युफिट र ढलापडा १८७ वटा रुखबाट १४८३ गोलिया, ११३६८.३८ क्युफिट र विभिन्न रुखबाट जम्मा ७० चट्टा दाउरा संकलन गरिएको हो।

    संकलन गरिएको वन क्षेत्र र घाटगद्दी क्षेत्रमा सोमबार देवदह नगरपालिकाका प्रबक्ता गणेश डुम्रे, वडा नम्बर -६ का वडा अध्यक्ष खेम बहादुर थापा, सब डिभिजन वन कार्यालय शितलनगरका प्रमुख सहायक वन अधिकृत रविन्द्र चौधरी, प्रहरी निरीक्षक एक्क बहदुर नेपाली, गाउँ वन समन्वय संजालका अध्यक्ष खेम नारायण अधिकारी, सामुदायिक वनका अध्यक्ष टेक बहादुर राना, वनका पदाधिकारी एवं सल्लाहकार र संचारकर्मीको समूहले संयुक्त रुपमा अनुगमन गरिएको थियो।

    आवश्यक प्रक्रियाहरु पूरा गरि बिक्रीवितरणका लागि सूचना जारी गरिने सामुदायिक वनले जानकारी दिएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij