निर्मल एसपी थापा, लुम्बिनी पाना ।रुपन्देहीको देवदहमा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको लागि लालपुर्जा वितरण प्रक्रिया सुरुवात भएको छ। सुकुम्बासी समस्या समाधान आयोग विघटन भएपछि रोकिएको कार्य भूमी समस्या समाधान आयोग पुनर्गठन भएपछि पुनः अगाडी बढेको हो।
भूमी समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले विगतमा पटकपटक आयोग बन्ने गरेको र यो आयोग भूमी समस्याको लागी अन्तिम आयोग हुनेगरी काम सुरु गरेको र सुकुम्बासीलाई कुनै पनि हालतमा लालपुर्जा दिने गरि काम गर्ने बताउनुभयो।
अध्यक्ष थापाले आयोगको अध्यक्ष नामको मात्र हुने गरेको भन्ने सुनिएको र यस पटक नामको मात्र अध्यक्ष नभई काम गर्ने वातावरण तयार गर्न सरकारलाई आग्रह गरेको र देवदहमा पहिलो चरणमा १५ सय पुर्जा वितरणको लागी सूचना जारी गरिने बाताउनुभयो।
देवदहमा १५ हजार ३६३ जना भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीको तथ्यांक संकलन भएको र पूर्जा बनिसकेको ठाउँको वितरण गरिने र नापजाँच गर्न बाकी रहेको ठाउँको नापजाँच मंगलबारदेखि देवदह-७ मदनग्राम र देवदह-८ टटेराबाट संयुक्त रुपमा सुरु भएको छ।
भूमी समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापा, देवदह नगरपालिका प्रमुख ध्रुव प्रसाद खरेल, उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, वडा अध्यक्षहरु गणेश डुम्रे, कृष्ण प्रसाद अधिकारी, हरि पाण्डे लगायतको उपस्थितिमा नापजाँच प्रक्रिया सुरु गरिएको हो।
यस अगाडी ८ देखी २ सय प्रतिशत सम्म राजश्व टोकिएकोमा हाल कृषिको ५ र आवास तर्फआवास १० प्रतिशत बनाउने नेपाल सरकारको निर्णय संगै सुकुम्बासीलाई पूर्जा दिने प्रक्रिया पुनः सुरुभएछी स्थानीयमा जग्गाधनी पूर्जा पाउने आशा जागेको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij