लुम्बिनी पाना, देवदह । रूपन्देहीको देवदहमा व्यावसायिक अचार बनाउने तालिम सम्पन्न भएको छ । देवदह नगरपालिकाको आर्थिक सहयोग तथा ए फोर ट्रेनिङ्ग सेन्टर प्रालिको ब्यावस्थापन सहयोगमा १० दिन सम्म संचालित उप प्रमुख संग महिला कार्यक्रम अन्तर्गत देवदह नगरपालिका वडा नं. ९ र १० का महिलाहरुको लागि सिपमुलक कार्यक्रम अन्तर्गत शुक्रबार नि:शुल्क १० दिने व्यवसायिक अचार बनाउने तालिम सम्पन्न भएको हो ।
देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख गुरुङ्गले हामी संग इच्छा शक्ति भएमा हरेककाम गर्न संभव हुने भन्दै महिलाहरुलाई ब्यावसायी बनाउन तालिम आयोजना गरिएको बताउनु भयो । उप प्रमुख संग महिला कार्यक्रमकी संयोजक समेत रहनु भएकी उपप्रमुख गुरुङ्गले महिलाहरु आर्थिकरुपले पछाडी परेकाले आर्थिक सवलिकरणको लागि सामुहिकरुपमा ब्यावसाय गर्न प्रेरित गर्दै नगरपालिकाले महिलाहरुलाई ब्यावसायी बनाउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता ब्याक्त गर्नु भयो ।
सोही कार्यक्रममा देवदह १० का वडा अध्यक्ष यक बहादुर सुनारले महिलाहरु सामुहिकरूपमा आएमा वडाले समेत सहयोग गर्ने वचनबद्वता ब्याक्त गर्नु भयो । देवदह नगरपालिकाकी महिला तथा बालवालिका शाखा प्रमुख ईन्दिरा भुषालको संचालनमा भएको कार्यक्रममा जनप्रिय सामुदायिक वनका अध्यक्ष रुका सापकोटा, ए फोर ट्रेनिङ्ग सेन्टर प्रालिका अनिल केसी, सहभागिहरु गोमा न्यौपाने नेपाल, अन्जु थापा राना लगायतले मन्तब्य राख्नु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij