मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सहकारी संचालक तथा कर्मचारीलाई सहकारी ऐन नियमका बारेमा प्रशिक्षण

सहकारी संचालक तथा कर्मचारीलाई सहकारी ऐन नियमका बारेमा प्रशिक्षण

images
  • 478
    SHARES

  • images
    images
    images
    सहकारी संचालक तथा कर्मचारीलाई सहकारी ऐन नियमका बारेमा प्रशिक्षण
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।रूपन्देहीको देवदहमा सहकारीका संचालक तथा कर्मचारी प्रशिक्षण कार्यक्रम भएकाे छ । शनिबार आत्मरक्षा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना संचालक, उपसमिती तथा कर्मचारीलाई सहकारी ऐन नियमका बारेमा प्रशिक्षण दिएकाे हाे ।

    सहकारीका अध्यक्ष राजेन्द्र पराजुलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अध्यक्ष पराजुलीले सहकारीलाई विधि सम्मत संचालन गर्नकाेलागि प्रशिक्षण कार्यक्रम राखिएकाे भन्दै आगामी दिनमा शेयर सदस्यलाई समेत प्रशिक्षण दिईने बताउनु भयाे ।

    images
    images
    images

    उपाध्यक्ष खेमलाल चापागाईंकाे स्वागत तथा सचिव लता चापागाईंकाे संचालनमा भएकाे प्रशिक्षण कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड रूपन्देहीका महासचिव दामाेदर पंगेनीकाे सहजीकरणमा भएकाे कार्यक्रममा पंगेनीले सहकारीलाई सक्षम र सबल बनाउन सहकारी ऐन नियम अनुसार चलाउन पर्ने बताउनु भयाे ।

    देवदहकाे भलुहीमा प्रधानकार्यालय रही २०७० सालमा डिभिजन सहकारी कार्यालय रूपन्देहीमा दर्ता रहेका सहकारीकाे देवदह १ ढेकावर, देवदह ९ घाेडाहा र देवदह १० चरङ्गेमा गरी २२०० बढी शेयर सदस्य रहेकाे संस्थाका काेषाध्यक्ष ओम बहादुर अधिकारीले जानकारी दिनुभयाे ।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij