बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बुटवलमा मगर भाषा तालिम सम्पन्न

बुटवलमा मगर भाषा तालिम सम्पन्न

images
  • 824
    SHARES

  • images
    images
    images
    बुटवलमा मगर भाषा तालिम सम्पन्न
    images
    images
    images

    २० बैशाख, बुटवल । बुटवल उपमहानगरपालिकाको सहयोगमा नेपाल मगर संघ बुटवल उपमहमनगर समितिले सञ्चालन गरेको एक महिने मगर भाषा तालिमको समापन गरिएको छ । तालिमको एक कार्यक्रमका बीच शनिबार बुटवलमा समापन गरिएको हो ।

    समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमूख खेलराज पाण्डेयले बुटवलमा रहेका सबै जाती तथा समुदायको लोप हुन लागेको भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा प्रबर्द्धन गरिने बताउनु भएको छ ।

    images
    images
    images

    मगर समुदायको लोप हुन लागेको भाषा र सोरठी, मारुनी जस्ता मगर पहिचानलाई जीवन्तता दिन आवश्ययक रहेको धारणा राख्दै उहाँले यसका लागि बुटवल नगरले आवश्यक सहयोग गर्ने बताउनु भएको हो । हरेक जाती र समुदायको भाषा र संस्कार राज्यको सम्पत्ति भएकाले यसलाई संरक्षण गर्ने दायित्व राज्यको भएको पनि उहाँको भनाई थियो । 

    सोही अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर उपप्रमूख सावित्रादेवी अर्यालले कुनै पनि जाति वा समुदायको प्रमूख पहिचान भाषा भएकाले भाषालाई पुस्तान्तरण गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । मगर समुदाय मातृसतात्मक समुदाय भएकाले मगरजातिको घर तथा परिवारमा महिलाहरुलाई समान हैसियत दिने चलन रहेको बताउँदै उहाँले भाषा संरक्षणका लागि पनि आमाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनु भएको छ ।

    नेपाल मगर संघ उपमहानगर बुटवल समितिका अध्यक्ष बसन्ती साठिघरेमगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव कमला थापामगर, संघकै लुम्विनी प्रदेश उपाध्यक्ष आन बहादुर सोतीमगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्क बहादुर बारघरेमगर, सल्लाहकार किशन बहादुर थापा, प्रशिक्षार्थीहरु नोयु बुढामगर, रिता अर्घलीमगर, ताराप्रसाद बुढाथोकी मगर, प्रमिला बुढामगर, लक्ष्मी रानामगर लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रम संघका उपाध्यक्ष लुम बहादुर सारुको स्वागत तथा सचिव हेमन्त बुढाथोकी मगरको सञ्चालनमा सम्पन्न भएको थियो । एक महिनासम्म सञ्चालन गरिएको तालिममा ७० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij