लुम्बिनी पाना, देवदह । २५६९ औँ बुद्ध जयन्तिको अवसरमा देवदहमा वृहत् कार्यक्रम हुने भएको छ। देवदह नगरपालिका, लुम्बिनी विकास कोष र यशोधरा भिक्षुणी विहारको सहकार्यमा बुद्द जयन्ती विशेष कार्यक्रम हुने भएको हो।
श्रीलंकाबाट ल्याइएको गौतम बुद्धको अस्तुधातु २९ गते बिहान ७ बजेदेखि १२ बजेसम्म प्रदर्शन गरिने यशोधरा विहारका प्रमुख उपेखा गुरुमाले जानकारी दिइन् ।
कार्यक्रमको मूल समारोहलाई प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मालेले सम्बोधन गर्ने र पूर्व शिक्षामन्त्री बाल गोपाल महर्जन समेत बुद्द जयन्ती विशेष कार्यक्रममा सहभागी हुने बिहारका अध्यक्ष टेक बहादुर थापाले जानकारी दिए।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा उपसमिति संयोजक सिद्धिचरण भट्टराईले बुद्ध सन्देश झल्किने गरी बौद्धस्थलहरू झकिझकाउ बनाउन र कार्यक्रमको भव्य तयारी गर्न समितिका सदस्यसहित स्थानीयलाई अनुरोध गरेका छन् । २९ गते साँझको समयमा बुद्द सङ्ग सम्बन्धित क्षेत्रमा शान्तिदिप प्रज्ज्वलन गरिने कार्यक्रम तय भएको जनाइएको छ ।
उक्त दिन गाजा बाजा सहित अष्टधातु परिक्रमा र प्रदर्शन गरि बुध्द पुजा गर्ने कार्यक्रम तय भएको बिहारका सचीव तिल बिक्रम बुढाथोकीले जानकारी दिए।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij