बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

देवदहका अनिलको पहलमा निर्मित घर टुक ब. मगरको परिवारलाई हस्तान्तरण

देवदहका अनिलको पहलमा निर्मित घर टुक ब. मगरको परिवारलाई हस्तान्तरण

images
  • 1.9K
    SHARES

  • images
    images
    images
    देवदहका अनिलको पहलमा निर्मित घर टुक ब. मगरको परिवारलाई हस्तान्तरण
    images
    images
    images

    लुम्बिनी पाना, स्याङ्जा ।स्याङ्जामा आर्थिक अवस्था कमजोर भएका एक परिवारलाई नयाँ घर निर्माण गरि हस्तान्तरण गरिएको छ।

    आर्थिक अवस्था कमजोर भएका स्याङजा चापाकोट ३ पिपल डांडा निवासी स्वर्गीय टुक बहादुर बिरकट्टा मगरको परिवारलाई सो घर निर्माण गरी बैशाख १९ गते एक कार्यक्रमको बीच हस्तान्तरण गरिएको हो ।

    images
    images
    images

     

     

    Messenger_creation_0B34A4B6-4D3A-45B9-9D0F-D6BD9E3B568F.jpeg

     

    स्याङ्जा जिल्ला चापाकोट नगरपालिका ३ पिपल डांडामा जन्म भई हाल देवदह ७ सितलनगर निवासी कोरियामा कार्यरत अनलाइन मगर संसार फोटो ग्यालरी ग्रुप\पेजका संस्थापक अध्यक्ष तथा अभियन्ता अनिल लामिछाने मगरको बिशेष पहलमा मगर संसार फोटो ग्यालरीद्वारा तेस्रो घर निमार्ण गरी हस्तान्तरण गरिएको हो ।

    आर्थिक अवस्था कमजोर रहेका स्वर्गीय टुक बहादुर विरकट्टा मगरको थप उपचारको लागि अध्यक्ष लामिछाने मगरको पहलमा मगर संसार फोटो ग्यालरीले सहयोग अभियान संचालन गरेको थियो तर सहयोग रकम हस्तान्तरण गर्न नपाउँदै क्यान्सर पीडित ६३ बर्षीय टुक बहादुरको पोखरामा उपचारकै क्रममा २०८१ माघ १५ गते निधन भएको थियो ।

     

    Messenger_creation_AE0498FB-9A26-42FC-8955-95E8BECE53BE.jpeg

     

    अभियानमा लगभग १ लाख बढी सहयोग रकम उठेको र टुक बहादुरको निवास जीर्ण र असुरक्षित रहेकाले उठेको रकममा थप सहयोग संकलन गरी उनको परिवारको लागि घर निर्माण गरिदिएको थियो ।

    सहयोग अभियानमा रु छ लाख तीन रुपियाँ सहयोग उठेको र त्यसमध्ये घर निमार्णमा रू.५,१५,४३५ रुपैयाँ खर्च भएको अध्यक्ष लामिछानेले बताए । 

     

    Messenger_creation_F74DA4FC-FF0F-4911-8F8E-FF818E599B50.jpeg

     

    घर हस्तान्तरण गर्न टुक बहादुर निवास पुगेका मगर संसारका एडमिन टीम मार्फत् बाकी रकमले परिवारलाई आवश्यक खाद्दन्न, जिंसी सामग्री, लत्ताकपडा र साथमा नगद रकम हस्तान्तरण गरेको थियो । कार्यक्रममा घर निर्माण रेखदेखका जिम्मा बहन गर्ने स्याङ्जा वालीङ निवासी क्याप्टेंन बोम बहादुर थापा मगरले घर निर्माणमा लागेको खर्च विवरण प्रस्तुत गरेका थिए ।

    नयाँ घरसँगै आफुहरुले नयाँ जीवन पाएको भन्दै विरकट्टा परिवारले खुसी व्यक्त गरे भने सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरु र मगर संसार फोटो ग्यालरी परिवारलाई विशेष धन्यवाद दिए ।

    मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरका बाबा केश बहादुर लामिछाने मगरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा समाजसेवी दुर्गा सारु मगरले स्वागत मन्तव्य राखेकी थिइन् भने मगर संसारका एडमिन शान्ति राना मगरले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

    टयाङ्च लाम आमा समूह पिपल डांडाले मगर संसारका एडमिनहरु लाई फुलमालाले स्वागत गर्नुका साथै खानपान तथा आवासको ब्यवस्थापन गरेको थियो । मगर संसारका १२ जना एडमिनहरु स्वर्गीय टुक बहादुर निवास हस्तान्तरण गर्न स्याङ्जा चापाकोट ३ पिपल डांडा पुगेका थिए ।

    दुःखी, गरिव र असहाय विरामीको लागि आर्थिक सहयोग संकलन गरी धेरै विरामीहरुको जीवन बचाउन सफल मगर संसारले आजसम्म २६९ औं सहयोग सम्पन्न गरिसकेको अध्यक्ष लामिछानेले बताए । यस अघि पाल्पा र नवलपरासी पूर्वका एक एक जनालाई मगर संसारले घर निर्माण गरि हस्तान्तरण गरेको थियो।

    मगर संसारले आजसम्म तीन करोड माथि सहयोग संकलन गरी मगर समुदाय लगायत अन्य समुदायका बिभिन्न समस्यामा परेका बिरामी, गरीब परिवारलाई सहयोग गरिसकेको उनले जानकारी दिए ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij