मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सगरमाथामा नवागंतुक विद्यार्थीलाई स्वागत

सगरमाथामा नवागंतुक विद्यार्थीलाई स्वागत

images
  • 560
    SHARES

  • images
    images
    images
    सगरमाथामा नवागंतुक विद्यार्थीलाई स्वागत
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । सगरमाथा आवासीय मा.वि. देवदह-७ शितलनगरले यसै शैक्षिक सत्रमा विद्यालयमा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई एक भव्य कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ ।

    कक्षा १ देखि कक्षा ९ सम्म भर्ना भएका १३५ विद्यार्थीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रायार्च एवम प्रमुख अतिथि कृष्ण प्रसाद पौडेलले सगरमाथा यस क्षेत्रकै एक मात्र आइ.एस.ओ. प्रमाणीत विद्यालय भएको हुनाले यहाँका विद्यार्थीहरुले अन्तराष्ट्रिय स्तरको गुणस्तर प्राप्त गर्न पाउने भएकाले सवै विद्यार्थीहरुमा सामेल भइ आफ्नो सिर्जनात्मक र रचनात्मक क्षमतालाई वृद्धि गर्न अनुरोध गर्नुभयो ।

    images
    images
    images

    विद्यालयमा क्रियाशील इन्टरयाक्ट क्लब अफ सगरमाथा, बाल क्लब अफ सगरमाथा र अप्टिमिस्ट क्लब अफ सगरमाथा आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यार्थी विपुल ज्ञवाली, शिक्षक दधिराम ज्ञवाली र सहप्रायार्च प्रदीप अधिकारीले समेत मन्तव्य राख्नुभयो ।

    उक्त कार्यक्रममा सगरमाथा सास्कृतिक समूहका विद्यार्थीहरुले स्वागत गान र नृत्य समेत प्रर्दशन गरेका थिए । उक्त कार्यक्रम सगरमाथा बाल क्लबका अध्यक्ष प्रशंसा अधिकारीको अध्यक्षता र इन्टरयाक्ट क्लब अफ सगरमाथाको अध्यक्ष स्वयं नेपालीको सञ्चालनमा सम्पन्न भयो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij