मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

जनप्रीय सामुदायिक वनद्वारा १० हजार ७८७.४ क्युफिट काठ संकलन

जनप्रीय सामुदायिक वनद्वारा १० हजार ७८७.४ क्युफिट काठ संकलन

images
  • 653
    SHARES

  • images
    images
    images
    जनप्रीय सामुदायिक वनद्वारा १० हजार ७८७.४ क्युफिट काठ संकलन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा रहेको जनप्रीय सामुदायिक वन तथा उपभोक्ता समूहले यस आर्थिक बर्षमा १० हजार ७८७.४ क्युफिट काठ संकलन गरेको छ। आर्थिक वर्ष २०८१/०८२ मा पुनरुत्पादन तर्फ ९९४०.७० क्युफिट र ढलापढा तर्फ ३११६.१३ क्युफिट काठ संकलन गर्ने लक्ष्य लिएकोमा पुनरुत्पादन काठ ८१८६.८९ क्युफिट र ढलापढा तर्फ २६००.५१ क्युफिट गरी जम्मा १० हजार ७८७.४ क्युफिट काठ संकलन गरेको हो।

    डिभिजन वन कार्यालय रुपन्देहीले वन व्यवस्थापन कार्ययोजना २०७९ बमोजिम यस आर्थिक बर्षमा १३ हजार ५६ क्युफिट काठ संकलनको लागि सहमति प्रदान गरेकोमा जनप्रीय सामुदायिक वनको खण्ड १ को उपखण्ड ६ मा २.१७ हेक्टर क्षेत्रफलबाट पुनरुत्पादन कटानतर्फ छपान र कटान १६८-१६८ रुख र ढलापडा र सुखड रुख कटान ४४ र छपान ४४ वटा गरी उक्त परिणामको काठ दाउरा संकलन गरिएको अध्यक्ष रुका सापकोटाले जानकारी दिनुभयो।

    images
    images
    images

    डिभिजन वन कार्यालयको सहमति बमोजिम जम्मा १० हजार ७८७.४ क्युफिट काठ र विभिन्न रुखबाट जम्मा ३५ चट्टा दाउरा संकलन गरिएको हो।

    संकलन गरिएको वनको ब्लक क्षेत्र र घाटगद्दी गरिएको स्थलमा बुधबार सामुदायिक वनका पदाधिकारी, कार्यसमिति सङ्गै देवदह नगरपालिकाका वडा नम्बर -९ का वडा अध्यक्ष मोहन बहादुर जीसी, देवदह सब डिभिजन वन कार्यालयका प्रमुख रविन्द्रनाथ चौधरी, जनप्रतिनिधि, छिमेकी सामुदायिक वनका अध्यक्ष, टोल विकास संस्थाका प्रतिनिधि, पत्रकार, प्रहरी तथा सरोकारवाला निकायको उपस्थितिमा कटान गरिएको र घाटगद्दी क्षेत्रमा अनुगमन गरी कटान पश्चात् संकलित विवरण सार्वजनिक गरिएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij