लुम्बिनी पाना, देवदह । खैरेनी प्रहरी चौकी देवदहले साइबर अपराध न्यूनीकरण सम्बन्धि अभियान सुरुवात गरेको छ। अभियान अन्तर्गत बिहिवार देवदह-७ स्थित देवदह इङलिस बोर्डिङ स्कुलमा प्रशिक्षण गरिएको हो।
खैरेनी प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक एक्क बहादुर नेपालीले सामाजिक संजाल मार्फत हुने अपराध, सामाजिक ठगी न्यूनीकरण सम्बन्धि तालीम दिदै समाजलाई विखण्डित गर्ने खालका सामाजिक अपराध वृद्धि भएको र त्यसलाई न्यूनीकरण गर्न प्रशिक्षण गरिएको बताउनुभयो।
यस अघि खैरेनी प्रहरी चौकीले बाल विवाह न्यूनीकरण र लागुऔषध नियन्त्रण सम्बन्धि देवदहको ३२ वटा विद्यालयमा सचेतना अभियान संचालन गरिएको थियो।
साइबर अपराध न्यूनीकरण सम्बन्धि अभियान देवदहका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा क्रमिक रुपमा संचालन गरिने निरीक्षक नेपालीले जानकारी दिनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij