लुम्बिनी पाना, बुटवल । कानुन विद्यार्थी कल्याणकारी समाज, बुटवल बहुमुखी क्याम्पसले विचार विमर्श कार्यक्रम सम्पन्न गरेको छ ।वैशाख २६ गते अर्थात कानुन दिवसको दिन कानुन विद्यार्थी कल्याणकारी समाजले "बिधिको शासन कार्यनयनमा चुनौती र समाधान " विषयमा विचार विमर्श कार्यक्रम सम्पन्न गरेको हो।
विवेक बस्यालको अध्यक्षता र क्याम्पस प्रमुख अरुण कुमार क्षत्रीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा ९ जना प्रतिस्पर्धी थिए । ९ प्रतिस्पर्धी मध्ये सबैभन्दा बढी अंक प्राप्त गरि आकाश ओलि उत्कृष्ट प्रस्तुतकर्ताको उपाधी हासिल गर्न सफल भए ।
कार्यक्रममा बोल्दै विशिस्ट अतिथी नवराज पंगेनी, कृष्ण प्रसाद पाण्डेले कानुनको पृष्ठभुमि बताउदै कार्यक्रम सफलताको कामना गर्नुभयो ।
कार्यक्रममा बोल्दै समाजका अध्यक्ष विवेक बस्यालले विचार विमर्श कार्यक्रम मासिक २ पटक आयोजना गरि विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने कुरा बताउनु भयो । वर्षा बुढाको संचालनमा सम्पन्न भएको कार्यक्रममा शिक्षक सुरेश पौडेल र गंगा पुनले निर्णायकको भुमिका निर्वाह गर्नुभएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij