लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदहमा रमेश स्मृति सम्मान एवं रचना वाचन कार्यक्रम सम्पन्न भएको छ। अनुराग साहित्य समाजको आयोजना, रमेश स्मृती कोषको संयोजन, युगिन साहित्य समाज र उज्यालो लाल्टिन प्रतिष्ठानको सह आयोजनामा देवदह स्थित ग्रीन प्लान्ट आवासीय माविमा कार्यक्रम सम्पन्न गरिएको हो।
"रमेश स्मृती सम्मान तथा विशेष रचनावाचन" कार्यक्रममा रमेश स्मृति कोषबाट धनकुटाका कवि रोशन परियार र प्रोत्साहन पुरस्कारबाट समज्ञा अधिकारीलाई सम्मान गरिएको थियो। त्यस्तै विशेष रचना वाचन कार्यक्रममा रुप रसाइली पुछारघरे र सरु लामिछानेले रचना वाचन गरेका थिए।
चर्चित साहित्यकार स्वर्गीय रमेश हरिलठ्ठकको स्मृतिमा स्थापना भएको रमेश स्मृति कोषले प्रत्येक वर्ष श्रष्टाहरुलाई सम्मान गर्ने गर्दछ। विक्रम संवत् २०३७ साल फाल्गुण २१ गते जन्मिएका साहित्यकार रमेश हरिलठ्ठकको २४ वर्षकै उमेरमा २०६१ श्रावण २१ गते निधन भएपछि उनको सम्झनामा २०७२ सालमा कोष स्थापना गरि हरेक वर्ष स्रष्टा सम्मान गरिदैं आएको दाजु राजिव सापकोटाले जानकारी दिनुभयो।
कार्यक्रममा सम्मानित श्रष्टाहरुलाई बधाई दिदै प्रमुख अतिथि साहित्यकार ढुंगानाले साहित्य समाज परिवर्तनको सम्बाहक रहेको बताउनुभयो।साहित्यले समाजमा सकारात्मक परिवर्तन र सृजनात्मक क्षेमता अभिवृद्धि गर्न सहयोग पुग्ने ढुंगानाको भनाई थियो।
कार्यक्रम संस्थाका अध्यक्ष सरस्वती बश्यालको अध्यक्षता, साहित्यकार निर्मल ढुंगानाको प्रमुख आतिथ्यता र मुकेश ज्ञवालीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij