बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

राष्ट्र बैंकले लागु गरेको मौद्रिक नीतिका कारण व्यवसायी मर्कामा परेका छन् : अध्यक्ष कडेल

राष्ट्र बैंकले लागु गरेको मौद्रिक नीतिका कारण व्यवसायी मर्कामा परेका छन् : अध्यक्ष कडेल

images
  • 373
    SHARES

  • images
    images
    images
    राष्ट्र बैंकले लागु गरेको मौद्रिक नीतिका कारण व्यवसायी मर्कामा परेका छन्  : अध्यक्ष कडेल
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । नेपाल चेम्वर अफ कमर्स लुम्विनी प्रदेशका कार्यवहाक अध्यक्ष जेवि कडेलले राष्ट्र बैंकले लागु गरेको मौद्रिक नीतिका कारण व्यवसायीहरुले बैंकको ऋण तिर्ने अवस्था नभएको बताएका छन् । मौद्रिक नीति परिमार्जन नगरे उद्योगी संगै बैंकहरु समेत धरासायी हुने अध्यक्ष कडेलले बताए ।

    शनिबार देवदह व्यापार संघले आयोजना गरेको ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव–२०८१ मा सहयोग गर्नेहरुलाई गरिएको सम्मान कार्यक्रममा बोल्दै कडेलले लुम्विनी विमानस्थल संचालन नभए सम्म रुपन्देहीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न नसकिने भएकोले राज्यले विमानस्थल तत्काल लागु गर्नुपर्नेमा जोड दिए।त्यस्तै उनले देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न वार्षिक रुपमा लाग्दै आएको मेला महोत्सवले टेवा पुर्याउदै आएको बताए ।

    images
    images
    images

    कार्यक्रममा देवदह व्यापार संघले आयोजना गरेको ९ औं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला,कृषि तथा पर्यटन महोत्सव–२०८१ म सहयोग गर्ने, सहयोगी संस्था तथा मूल आयोजक समितिमा रहेका काम गर्नेहरुलाई सम्मान गरिएको थियो । 

    संस्थाका अध्यक्ष कोष बहादुर गुरुङको अध्यक्षता, देवदह व्यापार संघका प्रथम उपाध्यक्ष माधव ढकालको स्वागत, उपाध्यक्ष पिताम्वर खरेलको धन्यवाद ज्ञापन र महासचिव हरिलाल भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij