लुम्बिनी पाना, लुम्बिनी। २५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८ गतेदेखि सुरु भएको छ।उत्सव २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रूपमा मनाइदैछ।

बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुनेछ ।
गौतम बुद्धको जन्म दुई हजार छ सय ४९ वर्ष अघि अर्थात् ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij