लुम्बिनी पाना, देवदह ।रुपन्देहीको देवदहमा अवस्थित नमुना एभरग्रीन इङलिस बोर्डिङ स्कुलमा बाल क्लबको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।बिहीबार एक कार्यक्रमको आयोजना गरि बाल क्लब पुनर्गठन गरिएको हो।

विद्यालयको सभाहलमा भएको भेलाले सबिना सारुको अध्यक्षतामा १३ सदस्यीय पदाधिकारी गठन गरेको छ। जसमा सनिस्ता पाख्रिन उपाध्यक्ष, समीक्षा थापा सचिव, कोषाध्यक्षमा पारु राई , सह - सचिवमा सुस्मिता चालिसे, सह-कोषाध्यक्षमा प्रेक्षा थापा गरि सदस्यहरुमा लिसरा थापा, संजोग पाण्डे, दीपिका चालिसे, प्रविन गिरी, सुबास चाई, सतिस खनाल र सुदिक्षा राय क्षेत्री साथै शिक्षक प्रतिनिधिको रूपमा देवी प्रसाद पाण्डेलाई चयन गरेको छ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल पौडेलको प्रमुख आतिथ्यता, शिक्षक देवी प्रसाद पाण्डेको संचालन तथा अतिरिक्त क्रियाकलाप संयोजक राज कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो।पुनर्गठन कार्यक्रममा बोल्दै प्रमुख अतिथि कमल पौडेलले बाल क्लबको महत्त्व र भुमिका माथी प्रकाश पार्नुभएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij