बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

सुनवलमा हावाहुरीले रुख ढाल्दा ५ जना च्यापिए, २ जनाको मृत्यु

सुनवलमा हावाहुरीले रुख ढाल्दा ५ जना च्यापिए, २ जनाको मृत्यु

images
  • 1.7K
    SHARES

  • images
    images
    images
    सुनवलमा हावाहुरीले रुख ढाल्दा ५ जना च्यापिए, २ जनाको मृत्यु
    images
    images
    images

    लुम्बिनी पाना, सुनवल ।पश्चिम् नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर -७ चारपालामा हावाहुरीले रुख ढल्दा च्यापिएर २ जनाको मृत्यु भएको छ । चारपाला स्थित प्रतीक्षालयमा बसिरहेको बेला अचानक हावाहुरी चल्दा रुख ढलेको थियो। मृत्युु हुनेमा सुनवल -६ का अन्दाजी ३५,४० वर्षीय दुर्गा बहादुर पुन र ३० वर्षीय मिरा बयम्बु रहेको सुनवल नगरपालिका वडा नम्बर -७ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यले जानकारी दिए ।

    घटना परि सोही ठाउँका दुर्गा खाम्चा, नर्मता परियार र अनिल सारु घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी देवदह मेडिकल कलेजमा उपचारको लागि पठाइएको छ। 

    images
    images
    images

    शुक्रबार दिउँसो ३:५० बजेको समयमा ठूलो हावाहुरी चलेपछि प्रतीक्षालयमा बसिरहेको बेला अचानक रुख ढेलेको हो।घटना स्थलमा प्रहरी पुगेर उद्दार कार्य र रुख हटाउने कार्य गरिरहेको छ। 

    त्यस्तै हावाहुरीकै कारण लुम्बिनी प्रादेशिक अस्पतालमा पार्किङ गरि राखेको गाडीमा रुख ढलेर बा.२० च.६७४८ नम्बरको कारलाई क्षेति पुर्याएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij