लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -७ मा अवस्थित देवदह इङलिस बोर्डिङ हाई स्कूलमा साप्ताहिक रुपमा सञ्चालन हुने अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तरसदनात्मक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्य र राष्ट्र स्तरमै हुने प्रतियोगितामा समेत सहभागी गराउने लक्ष्यका साथ सञ्चालन उक्त प्रतियोगितामा सब जुनियर, कक्षा १ देखि ४ सम्म सञ्चालन भएको प्रतियोगितामा क्रमश प्रथम प्रमिशा चापागाई रातो सदन, द्धितीय साइमन थापा हरियो सदन र रातो सदनका विद्यार्थी निकोल चापागाईले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
त्यसैगरि (कक्षा ५–७ सम्म ) जुनियर तर्फ भएकोे प्रतियोगितामा प्रथम पहेलो सदनका अनुप परियार, द्धितीय हरियो सदनकी अवन्तिका क्षेत्री र निलो सदनकी अश्री देवकोटा तृतीय हुन सफल भएका थिए । एकैसाथ सञ्चालन भएको सिनियर तर्फ (कक्षा ८–१०) अन्तरसदनात्मक चित्रकला प्रतियोगितामा प्रथम रातो सदनकी सुदिक्षा श्रेष्ठ, द्धितीय पहेलो सदनका मनिष घर्ती र पहेलो सदनकै विद्यार्थी जिवन वस्यालले तृतीय स्थान हासिल गर्न सफल भएका थिए ।
विद्यालयका ६० जना सहभागी भएको प्रतियोगिताको सहजीकरण विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विशाल श्रेष्ठले गर्नुभएको विद्यालयका शिक्षक माधब आचार्यले जानकारी दिनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij