लुम्बिनी पाना, देवदह । सहकारी केन्द्र नेपाल देवदह शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिवार सम्पन्न अधिवेशनले पदम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सन्तु कुर्मी, सचिवमा सुशिला भण्डारी, सहसचिवमा गङ्गा बहादुर विक र कोषाध्यक्षमा सावित्रा भुर्तेल रहेका छन् । जसको सदस्यमा धन सापकोटा, नारायण प्रसाद रेग्मी, शिव रसाइली, उमानाथ लामिछाने, कमला दर्जी र अम्मरसिहं विक रहेका छन् ।
अधिवेशनमा सहकारी केन्द्रका केन्द्रीय उपाध्यक्ष सन्दिप सापकोटा, रुपन्देही जिल्ला अध्यक्ष मोतिलाल ढकाल लगायतले बोलेका थिए । पदम पौडेलको अध्यक्षता, दिपक न्यौपानेको संचालन र यमलाल तिवारीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij