मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

संस्कृति जोगाउने अभियानमा न्यू लुम्बिनी बोर्डिङ स्कुल: महिनाको पहिलो आइतबार जातीय पोशाक

संस्कृति जोगाउने अभियानमा न्यू लुम्बिनी बोर्डिङ स्कुल: महिनाको पहिलो आइतबार जातीय पोशाक

images
  • 1.4K
    SHARES

  • images
    images
    images
    संस्कृति जोगाउने अभियानमा न्यू लुम्बिनी बोर्डिङ स्कुल:  महिनाको पहिलो आइतबार जातीय पोशाक
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह-५ मा अवस्थित न्यू लुम्बिनी ई.बो.स्कुलले यस शैक्षिक सत्र २०८२ देखि सांस्कृतिक विविधता र पहिचानको संरक्षणलाई प्रबर्द्धन गर्ने उद्देश्यले प्रत्येक महिनाको पहिलो आइतबार विद्यार्थीहरुलाई आफ्नो जातीय पोशाकमा विद्यालय आउन प्रोत्साहित गर्ने निर्णय गरेको छ ।जस अन्तर्गत आजदेखी यो अभियान सुरुवात गरिएको छ।

    यो निर्णयले विद्यार्थीहरुमा आफ्नै समुदाय, संस्कृति र परम्पराबारे जानकारी सहित संस्कृति प्रतिको अपनत्व विकास गराउने विश्वास लिएको विद्यालयका प्रिन्सिपल बिनोद थापा मगरले जानकारी दिनुभयो ।

    images
    images
    images

    प्रिन्सिपल थापाका अनुसार नेपाल बहुजातीय, बहुभाषीक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र भएको र विद्यालयले शिक्षासँगै संस्कृतिको सम्मान र जागरणमा केन्द्रित भएको बताउनुभयो ।हाम्रो देश विविधतामा धनी छ, ‘विविधतामा एकता’ भन्ने भावनलाई आत्मसाथ गर्दै विभिन्न जातजातिका मौलिक भेषभूषा, परम्परा, भाषा, धर्म, संस्कार, संस्कृति संरक्षण र प्रबर्द्धन गर्नु हामी सबैको साझा जिम्मेवारी र कर्तव्य हो । यस सन्दर्भमा विद्यार्थीहरुलाई आफ्नो जातीय पहिचानको बारेमा जानकारी गराउने, संस्कृतिको नयाँ पुस्तामा पुस्तान्तरण गर्ने तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले नयाँ अभ्यास आरम्भ गरेको प्रीन्सिपल थापाको भनाई छ।

    यस शैक्षिक सत्र २०८२ देखि प्रत्येक महिनाको पहिलो आइतबार १ दिन विद्यार्थीहरुले आआफ्नो जातीय पहिचान झल्काउने पोशाकमा उपस्थित भई पढाईमा संलग्न हुन प्रेरित गरिने र यस नयाँ अभ्यासले बालबालिकामा आत्मपहिचानको बोध गराउने मात्र नभई आपसी सम्मान, सहिष्णुता र सामाजिक सद्भावमा पनि टेवा पु¥याउने विश्वास लिएको विद्यालयले जनाएको छ।

    शिक्षक, अभिभावक तथा विद्यार्थीहरुले यस निर्णयको स्वागत गर्दै यसले विद्यालयमा थप सकारात्मक वातावरण सिर्जना गर्ने बताएका छन् । विद्यालयलले जेष्ठ ४ गते आइतबार देखि यो अभ्यास विधिवत रुपमा सुरु गरेको र आवश्यक समन्वय तथा अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिने जनाएको छ ।त्यस्तै विद्यार्थीहरुलाई साँस्कृतिक पोशाक अनिवार्य भने नगरिएको विद्यालयले जनाएको छ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij