लुम्बिनी पाना, देवदह । देवदह नगरपालिकामा जग्गाधनी पूर्जा वितरण प्रक्रिया अन्तर्गत पहिलो चरणमा १४३४ जनाको जग्गा सम्बन्धि विवरण सार्वजनिक गरिएको छ।
भूमि समस्या समाधान आयोग जिल्ला समिति रुपन्देहीले देवदह नगरपालिकाका ५,६,७,९ र १० वडाका अव्यवस्थित रूपमा रहेको जग्गाको अवस्था पहिचान, विवरण संकलन र व्यवस्थापन प्रक्रिया अघि बढाउन १५ दिने सार्वजनिक सूचना जारी गरिएको छ।
आयोगले सरोकारवाला जग्गाधनीहरूलाई १५ दिने सूचना सार्वजनिक गरि जग्गाको विवरण, कित्ता नम्बर र दावी विरोध सम्बन्धि सूचना सार्वजनिक गरेको देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले जानकारी दिनुभयो।

यस्तो छ सूचना
जग्गा सम्बन्धि वडागत विवरण भूमि समस्या समाधान आयोग, जिल्ला समन्वय समिति रुपन्देहीको जेठ ४ गतेको निर्णयानुसार देवदह नगरपालिका वडा नम्बर ५, ६, ७, ९ र १० अन्तर्गतका विभिन्न टोलहरुको अव्यवस्थित बसोबासीको लाग्ने राजश्व भूमि सम्बन्धी नियमहरु, २०२१ (बीसौं संशोधन, २०८१ समेत) को नियम ४१ च को उपनियम (१) बमोजिम यकिन भएको राजश्व विवरण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्यविधि, २०८१ को अनुसूची-१० बमोजिमको ढाँचामा राजश्व सम्बन्धी १५ दिने सूचना मिति २०८२।२।४ मा सार्वजनिक भएकोमा भूमिहीन दलित, भूमिहीन सकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने कार्यविधि, २०८१ को दफा ७ को उपदफा (२) बमोजिम उक्त सूचना यसै सूचना साथ टाँस गरिएको छ । राजश्व विवरणमा कुनै त्रुटी भएकोमा वा कसैलाई चित्त नबुझेमा यो विवरण सार्वजनिक भएको १५ (पन्ध्र) दिनभित्र यस कार्यालय मार्फत भूमि समस्या समाधान आयोग, जिल्ला समिति रुपन्देहीमा निवेदन पेश गर्न सूचना जारी गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij