बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

आत्मनिर्भर बनाउन देवदहका महिलालाई साबुन बनाउने तालीम

आत्मनिर्भर बनाउन देवदहका महिलालाई साबुन बनाउने तालीम

images
  • 964
    SHARES

  • images
    images
    images
    आत्मनिर्भर बनाउन देवदहका महिलालाई साबुन बनाउने तालीम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।देवदह नगरपालिकाले महिलाहरुलाई नगरमै पेशा व्यवसाय गरेर आत्मनिर्भर बनाउने उदेश्यले एक हप्ते साबुन बनाउने तालिम तथा उद्यमशिल विकास तालिम सम्पन्न गरेको छ। देवदह नगरपालिका नगर उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत वडा नम्बर ३ र ४ का महिलाहरुको लागि व्यवसायिक साबुन बनाउने तालिम संचालन गरेको हो। 

    तालिमको समापन सत्रमा मन्तब्य व्यक्त गर्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले स्थानीय महिलालाई जीवनोपयोगी सिप सिकाएर आर्थिक उन्नति गराउँदै आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको बताउनुभयो। उपप्रमुख गुरुङले विषेसत नगर भित्रका महिलाहरुलाई मूख्य प्राथमिकता दिंदै बिभिन्न समयमा सिलाई कटाई तालिम, ब्युटी पार्लर तालिम, मिठाई बनाउने तालीम, क्षमता अभिबृदी र नेतृत्व विकास जस्ता कार्यक्रमको आयोजना गरिएको र सोहि अनुरुप तालिम पश्चात व्यवसाय समेत संचालन गरिरहेको बताउनुभयो।

    images
    images
    images

    नगर उपप्रमुख गुरुङले नगरवासी संग परामर्श गरि इच्छा अनुसार तालीमहरु संचालन गर्दै आएको र महिलाहरुलाई सीप सिकाएर उद्यमि बनाउन चाहेको, नगरपालिकाले ८० प्रतिशत लगानी समेत बिउ पुँजीको रुपमा प्रदान गर्न तयार रहेको बताउनुभयो। महिलाहरु सिप सिकेर उद्यम व्यवसाय गरी उत्पादनसँग जोडिनुपर्ने र सानो लगानीबाटै उद्यम व्यवसाय गरेर आर्थिकोपार्जन गर्न सकिने उपप्रमुख गुरुङले धारणा व्यक्त गर्नुभयो।

    त्यस्तै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्यालले सीपलाई उद्यमशिलता संग जोड्न सकिएको खण्डमा तालिम फलदायी हुने भएकोले सीपलाई उद्यमशिलता संग जोडेर आर्थिक उपार्जन हुने बाटोमा लाग्न आग्रह गर्नुभयो।

    त्यस्तै देवदह नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले वडा वासीको आवश्यकता अनुसार कार्यक्रमहरु ल्याउन तयार रहेको प्रतिबद्दता व्यक्त गर्नुभयो। वडा अध्यक्ष अर्यालले तालिम पश्चात सिकेको कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो। महिलाहरुलाई व्यवसायीक बनि आर्थिक उपार्जनमा जोडिन सुझाव दिनुभयो। 

    समापन कार्यक्रममा सहभागीताको तर्फबाट निर्मला हिताङ, शान्ता पाण्डे र युवा कुमारी कामु थापाले मन्तब्य व्यक्त गर्दै तालीमको माध्यमबाट धेरै कुराहरू सिक्ने मौका पाएको, आत्मनिर्भर बन्न हौसला प्राप्त भएको बताउदैं लगानी र बजार सुनिस्चितताको लागि पहल गरिदिन आग्रह गरेका थिए। 

    वडा ३ र ४ बाट ३५ जना महिला सहभागी एक हप्ते तालिममा ४ दिन साबुन बनाउने तालिम, ३ दिन उद्यमशिल विकास तालिम र १ दिन प्राक्टिकल कक्षा संचालन भएको तालिमको सहजीकरण गरेको संस्था देवदह सामुदायिक विकास तथा सिकाई केन्द्रका सचिव गोमु विकले जानकारी दिनुभयो। आयुर्वेदिक साबुन, भाडा र कपडा धुने साबुन बनाउन प्रशिक्षक सरु बरालले प्रशिक्षण दिनुभएको थियो भने अनन्त पन्थी, उद्यमशिलता विकास सम्बन्धि तालिम अनन्त पन्थीले दिनुभएको थियो। 

    उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता र देवदह सामुदायिक विकास तथा सिकाई केन्द्रका सल्लाहकार जितेन्द्र हरिजनको संचालनमा सम्पन्न समापन समारोहमा कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, स्थानीयको सहभागिता रहेको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij