बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बालमैत्री स्थानीय शासन नगरस्तरीय समितिसँग बालबालिकाको अन्तरक्रिया

बालमैत्री स्थानीय शासन नगरस्तरीय समितिसँग बालबालिकाको अन्तरक्रिया

images
  • 504
    SHARES

  • images
    images
    images
    बालमैत्री स्थानीय शासन नगरस्तरीय समितिसँग बालबालिकाको अन्तरक्रिया
    images
    images
    images

    निश्चल अर्याल, देवदह । रुपन्देहीको देवदह नगरपालिकामा बालमैत्री स्थानीय शासन नगरस्तरीय समिति सँग बालबालिकाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालमैत्री वडा सङ्गै नगरपालिकालाई बालमैत्री पालिका बनाउने अभियान अनुरुप चुनौती र सम्भावनाको विषयमा अन्तरक्रिया गरिएको हो। 

    बालमैत्री वडा अभियान संचालन भैरहेको वडाहरु विशेषत वडा नं ६, ७ र ८ लाई बालमैत्री वडा घोषणा गर्ने उदेश्यका साथ अघि बढेको र यस कार्यक्रम मार्फत बालमैत्री वडा घोषण गर्न हुने समस्या र सामाधानक उपाय बारे बालबालिका र जनप्रतिनिधि (सरोकारवाला) विच चर्चा भएको थियो ।कार्यक्रममा वडा नं ६ कि दिक्षा केसी, वडा नं ७ का शेखर पाण्डे र वडा नं ८ बाट कृति न्यौपानेले आआफ्नो वडाको प्रतिवेदन प्रस्तुत गरेका थिए।

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी एंव नगर प्रमुख ध्रुव प्रसाद खरेलले सम्पुर्ण वडाललाइ बाल मौत्री वडा घोषण गरि देवदह नगरपालिका आगमी फागुन मसान्तसम्म बालमैत्री नगर घोषण गर्ने प्रतिबद्धता जनाए । बालबालिकाले आफ्नो तर्फबाट कार्य आगडी बढाउन र पालिकाबाट चाहिने आवश्यक आर्थिक लगायत अन्य सहयोग पालिकाले प्रदान गर्ने बताए । बालबालिका भनेका भविष्यका कर्णधार हुन उनिहरुको हक र हित का लागि पालिका सदैव साथ हुने नगर प्रमुख खरेलको भनाई थियो । 

    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै उपमेयर विद्या लक्ष्मी गुरुङले बालबालिकाले राखेका कुरामा सन्तुष्टता जनाउदै सबै बालबालिकाको कार्यक्रममा आफू उपस्थित हुन न सक्ने भएको हुदा पालिकाको निर्णय अनुसार बाल्मैत्री सहजकर्ताका रुपमा बबिता भट्टराईलाई रखेको बताइन । आगमी गतिविधिहरुमा पालिका र आफू सदैव बाल्बालिकाको कार्यक्रमलाइ पहिलो प्राथमिकताका रुपमा राखि आग्रसर हुने बताइन । सम्पुर्ण वडा ले ५१ सुचक पुरा गर्न आफै आगाडी सर्नु पर्ने बताइन र आवस्यक सहयोगको लागि बालमैत्री सहजकर्ता सङ सहयोग लिन आग्रह गरिन ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौड्यालल्व आफू यस पालिकामा नयाँ भएको र हालसम्म भएका गतिविधिबारे जानकारी लिई थप अभियानका लागी आफुले हरेक पल बालबालिकालाई साथ र सहयोग प्रदान गर्ने बताए ।

    त्यस्तै वडा नम्बर ५ का अध्यक्ष एवं नगर प्रबक्ता गणेश डुम्रेले वडा नम्बर -५ बालमैत्री वडा घोषणा भैसकेको र अब बाकी रहेका वडा र नगरपालिकालाई बालमैत्री नगर बनाउने गरी योजना तय भैरहेको बताए। अध्यक्ष डुम्रेले वडा नं ५ लाई बालमैत्री वडा घोषण गर्दा आएका समस्या र समाधानका उपाएबारे धारणा राख्दै अन्य वडा लाई बालमैत्री बनाउन आवश्यक सर सल्लाह र सुझाव प्रदान गर्ने बताए ।

    बाल मौत्री फोकल पर्सन पर्शुराम ढकालले नगर बाल संजालले गरेको कार्य बारे चर्चा गर्दै वडा बाल क्लब लाई बालमैत्री वडा घोषणा गर्न आवश्यक सहयोग गर्न आफू र नगरपालिका आग्रसर भएको बताए । 

    कार्यक्रममा वडा नं २ का अध्यक्ष दल ब.राकस्कोटी, वडा नं ६ का अध्यक्ष खेम ब थापा मगर, ७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, ८ का अध्यक्ष हरि प्रसाद पाण्डेय लगायतले आफ्नो भनाइ राखेका थिए ।

    देवदह नगर बाल संजालले आयोजना गरेको कार्यक्रममा बाल संजालकी अध्यक्ष नन्दनी अग्रहरीको अध्यक्षता सदस्य विसाखा क्षेत्रीको स्वागत र बालमैत्री सहजकर्ता बबिता भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij