बिहिवार, आश्विन १५ गते २०८३
लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह -६ मा अवस्थित सरहन कालिका सामुदायिक वनले आर्थिक वर्ष २०८१/०८२ मा ६०३४.६९ क्युफिट काठ संकलन गरेको छ।त्यस्तै १७.५ चट्टा दाउरा संकलन गरिएको सामुदायिक वनका अध्यक्ष सम्मर बहादुर जर्घा मगरले जानकारी दिनुभयो।
डिभिजन वन कार्यालय रुपन्देहीले वन व्यवथापन कार्ययोजना २०७९ बमोजिम यस आर्थिक बर्षमा काठ संकलनको लागि अनुमती दिएको थियो।१६५ वटा कटानको लागी अनुमति पाएकोमा सामुदायिक वनको १.५० हेक्टर क्षेत्रफलबाट १५९ वटा रुख कटान गरि उक्त परिणामको काठ दाउरा संकलन गरिएको हो।
संकलन गरिएको काठ मध्य सुख्खा खडा २०८८.६७ क्युफिट, पुनरुत्पादनतर्फ ३५९५.०२ क्युफिट र चिरान ३५१ र दाउरा १७.५ चट्टा गरी जम्मा ६०३४.६९ क्युफिट काठ संकलन गरिएको हो।
कटान क्षेत्र र संकलन गरिएको घाटगद्दी क्षेत्रमा सोमबार देवदह नगरपालिका वडा नम्बर -६ का वडा अध्यक्ष खेम बहादुर थापा, सब डिभिजन वन कार्यालय शितलनगरका रेन्जर गौतम खलापाला, प्रगति सामुदायिक वन तथा उपभोक्ता समूहका अध्यक्ष दुर्गा बहादुर राना, सामुदायिक वनका अध्यक्ष सम्मर बहादुर जर्घा, सचीव मन कुमारी बाकाबल, सरहन खानेपानीका अध्यक्ष लोकेन्द्र जर्घा मगर, वनका पदाधिकारी, स्थानीय एवं सल्लाहकार, सुरक्षा निकाय र संचारकर्मीको समूहले संयुक्त रुपमा अनुगमन गरिएको थियो।
आवश्यक प्रक्रियाहरु पूरा गरि बिक्रीवितरणका लागि सूचना जारी गरिने सरहनकाली सामुदायिक वनले जानकारी दिएको छ।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij