बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बुटवलमा एक महिला सहित दुई बालिकाको हत्या, एक जना पक्राउ

बुटवलमा एक महिला सहित दुई बालिकाको हत्या, एक जना पक्राउ

images
  • 564
    SHARES

  • images
    images
    images
    बुटवलमा एक महिला सहित दुई बालिकाको हत्या, एक जना पक्राउ
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल। बुटवल उपमहानगरपालिका ११ होराइजन चोक मिलिजुली पथमा एक महिलासहित दुईजना बालिकाको वीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल र उनकी दुई छोरीहरू ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या गरेका हुन् ।

    दीपा बस्यालले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् । मृतक दुई बालिका शंकर र दीपाकी सन्तान हुन् । महिला र बालिकाहरूको हत्या आरोपमा पक्राउ परेका अभियुक्त आफ्नै दाजु मारेर जेल बसि केहि वर्ष अघि संविधान दिवसको दिन आम माफि पाएर छुटेको बताइएको छ।

    images
    images
    images

    प्रहरीका अनुसार, कोइरालाले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए ।मृतक दीपा स्वास्थ्यकर्मी थिइन् र पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत थिइन् । हत्या अभियोगमा पक्राउ परेका कोइरालालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij