लुम्बिनी पाना । जेठ १९ देखि लुम्बिनी प्रदेश सहित देशभर अनिश्चितकालिन यातायात बन्द हुने भएको छ।यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम सङ्गै यातायात बन्दको घोषणा गरेका छन् ।
नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायत स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त पत्रकार सम्मेलन गरेर आन्दोलनको कार्यक्रम अगाडि बढाएका हुन् ।
जेठ १९ गतेदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।प्रदेश सरकारले ल्याएको ऎनको विषयमा असन्तुष्टि जनाउदै यातायात व्यवसायी आन्दोलित बनेका हुन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij