मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित

images
  • 620
    SHARES

  • images
    images
    images
    काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख पाण्डे निलम्बित
    images
    images
    images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बित गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् ।

    प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगर प्रहरी प्रमुख पाण्डेमाथि छानबिन गर्न जाँचबुझ समिति समेत गठन गरेका छन् । गत चैत २१ गते प्रशासकीय प्रमुख गुरागाईं महानगर कार्यालय प्रवेश गर्ने क्रममा नगर प्रहरीले उनलाई अवरोध गरेको थियो । यसक्रममा भएको हुलहुज्जतको नेतृत्व नगर प्रहरी प्रमुख पाण्डेले नै गरेको ठहर गुरागाईंले गरेका छन् ।

    images
    images
    images

    यस विषयमा थप छानविनका लागि जाँचबुझ समिति बनाइएको हो । समितिले प्रतिवेदन नदिएसम्म बढीमा ६ महिना निलम्बनमा राखिएको प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई दिएको पत्रमा उल्लेख छ । छानबिन समितिका सदस्यहरूको नाम गोप्य राखिएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij