बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह नगरपालिकाले माग्यो वार्षिक नीति तथा कार्यक्रमका लागी सुझाव, कसले के सुझाव दिए ?

देवदह नगरपालिकाले माग्यो वार्षिक नीति तथा कार्यक्रमका लागी सुझाव, कसले के सुझाव दिए ?

images
  • 998
    SHARES

  • images
    images
    images
    देवदह नगरपालिकाले माग्यो वार्षिक नीति तथा कार्यक्रमका लागी सुझाव, कसले के सुझाव दिए ?
    images
    images
    images

    लुम्बिनी पाना, देवदह ।देवदह नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रमबारे सुझाव संकलन गरेको छ।वार्षिक नीति तथा कार्यक्रममा समावेश हुने कार्ययोजना तर्जुमा गर्नको लागी सुझाव संकलन गरिएको हो ।

    सुझाव संकलन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य छबिलाल विश्वकर्माले भौतिक पूर्वाधार विकास क्रमिक रुपमा हुने भएकोले अब भौतिक पूर्वाधार सङ्गै जनताको सार्वभौमिकतालाई आत्मसात गर्दै, जनताको अपनत्व हुने खालका योजना र नीतिहरू ल्याउन जरुरी रहेको बताए।

    images
    images
    images

    मानव विकास, सीपमूलक कार्यक्रम र उत्पादन वृद्धिमा जोड दिनुपर्ने समय आएको छ,” विश्वकर्माले भने, “भौतिक संरचनासँगै मानवीय पूर्वाधार र दीगो विकासका पक्षमा अघि बढ्न आवश्यक छ।” उनले गौरवका राष्ट्रिय आयोजनाहरू लुम्बिनी क्षेत्रमा समेटिनुपर्नेमा पनि जोड दिएका छन्। “स्थानीय जनताको सहभागिता र अपेक्षा अनुरूप नीति बनाइएन भने नगरपालिकाको  विकास अधुरो हुन्छ,” उनले स्पष्ट पारे।

    सांसद विश्वकर्माले देवदह क्षेत्रको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै कृषि, पर्यटन र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

    त्यस्तै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले नगरवासीको सुझावको आधारमानै पालिकाले नीति तथा कार्यक्रम तर्जुमा गर्ने उल्लेख गरे।कृषि, स्वास्थ, पर्यटन, शिक्षा, कृषि र पूर्वाधार विकासलाई मूख्य प्राथमिकता राखेर नगरपालिकाले नीति बनाएको नगरप्रमुखले स्पष्ट पारे।

    नगर प्रमुख खरेलले देवदहका ७ वटा वडामा लालपुर्जा वितरणसम्बन्धी प्रक्रियाको लागी तिब्र रुपमा नापजाँचको काम चलिरहेको आगामी १५ दिनभित्र १४०० जनालाई लालपुर्जा वितरण गरिने योजना रहेको उल्लेख गरे। पूर्जा प्राप्तिका लागी टोकिएको राजस्व बुझाएपछि पूर्जा वितरण हुनेछ, त्यसैले सम्पूर्ण लाभग्राहीलाई समयमा प्रक्रिया पूरा गर्न समेत नगर प्रमुख खरेलले आग्रह गरे।

    कार्यक्रमको औचित्य पुष्टि गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्यालले विषयगत रुपमा सुझाव राख्न आग्रह गर्दै नगरका हितका लागि महत्त्वपूर्ण सुझाव पेश गर्न अनुरोध गरेका थिए। 

    नीति तथा कार्यक्रममा सुझा पेश गर्दै नेपाल मगर संघका केन्द्रिय अनुशासन आयोगका सदस्य जस बहादुर पुनले जनप्रतिनिधि शासक होइन सेवक भएर काम गर्नुपर्ने धारणा उल्लेख गरे।जनप्रतिनिधिलाई बजेट विनियोजन गर्दा उपभोक्तालाई निरुत्साहित हुने खालका कार्यक्रम नराख्न पुनको सुझाव थियो।

    योजना सम्झौता गर्दा बजेट विनियोजन गरेको र काम गर्न खोज्दा  बजेट अभाव छ भनेर उपभोक्तालाई हतोत्साहित पार्ने खालका काम गर्ने प्रवृत्ति रहेकोले यस्ता खालका कमिकमजोरीलाई सच्याउन आग्रह गरे।

    नागरिक समाज देवदहका अध्यक्ष जय किशन अधिकारीले घाटा बजेट नल्याउन सुझाव दिए । साथै उनले स्वदेशी उत्पादनलाई प्रयोग सङ्गै प्रोत्साहन गर्ने नीति ल्याउन सुझाव दिए।

    पत्रकार तिलोचन दाहालले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गरे। उत्पादननीति अंगिकार गरे राजश्व र रोजगार बढ्ने सुझाव पेश गरे।

    त्यस्तै पूर्व सचिव डिल्लीराज मरासिनीले जग्गाको वर्तमान राजश्व दर चर्को रहेकोले राजश्व दर थप घटाएर भूमिहीनलाई सहज बनाउन आग्रह गरे।
     
    देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङले सिचाइलाई प्राथमिकता राखेर काम गर्न सुझाव दिए । खेती योग्य जमिनमा सिचाइ नहुदा उत्पादन बढ्न नसकेको भन्दै सिचाइलाई प्राथमिकतामा राख्न आग्रह गरे।

    त्यस्तै स्थानीय चन्द्र कान्त पराजुलीले योग र ध्यान केन्द्रको उचित व्यवस्थापन गर्ने नीति ल्याउन आग्रह गरे।

    देवदह -३ का बिष्णु ज्ञवालीले नीति तथा कार्यक्रम प्रत्येक वर्ष उत्कृष्ट आउने गरेपनी कार्यान्वयन नहुने भन्दै कार्य व्यवस्थापनको पाटोलाई बलियो बनाउन सुझाव दिए।

    सोइया महिला स्वावलम्बि संस्थाका व्यवस्थापक मेनुका न्यौपानेले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता र मजवुत नीती बनाएर लाग्न सुझाव दिए। 

    माओवादी केन्द्र देवदहका अध्यक्ष दिपक न्यौपानेले दीर्घकालीन नीति बनाएर काम गर्दा योजाना सार्थक हुने धारणा राखे।
    हरेक क्षेत्रका बिज्ञ मानिसहरूको पहिचान गरी टिम वर्क बनाएर आवश्यक सुझाव लिएर काम गरे सफल हुन सकिने न्यौपानेले सुझाव दिएम

    देवदह प्रेस क्लबका अध्यक्ष बिष्णु पोखरेलले नगरपालिकाले स्थानीय संचार संस्थालाई हेर्ने नीति स्पष्ट पार्न आग्रह गरे।सूचना र सर्वसाधारणलाई सन्देश प्रवाह गर्न मिडियाको भूमिका महत्त्वपूर्ण हुने भएकोले मिडिया सङ्ग सहकार्य गरेर काम गर्ने नीति ल्याउन आग्रह गरे।

    नेपाल मगर संघ देवदह नगर समितिका अध्यक्ष मन बहादुर रानाले  मन बहादुर रानाले सबै जातजातिको भाषा धर्म संस्कृतिलाई प्राथमिकतामा राख्दै संरक्षण र प्रबर्द्धनका लाग नीति ल्याउन सुझाव दिए।

    व्यवसायीले पिताम्बर पाण्डेले व्यापार व्यवसाय गर्ने उचित नीति नहुदा युवाहरु विदेश पलायन भएको भन्दै युवामैत्री नीति ल्याउन सुझाव दिए।

    रास्वपा का नगर सचीव  प्रकाश अधिकारीले उत्पादनलाई प्राथमिकतामा राखेर नीति बनाउन सुझाव दिए।साथै बजेट नेतामूखी नभई नीति मुखी हुनुपर्ने धारणा व्यक्त गरे। शिक्षा नीति, स्वास्थ नीति, पर्यटन नीति बनाएर काम गर्न उनले सुझाव दिए।

    पत्रकार केशव पराजुलीले कृषिमैत्री बजेट ल्याउन आग्रह गरे।नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति देवदहका अध्यक्ष मिना श्रेष्ठले व्यावसाय गर्ने महिलाको लगानी सुनिश्चितता र बजार व्यवस्थापनमा सहजता हुने खालको बजेट ल्याउन आग्रह गरे।

    एकल महिला समुह देवदहकी अध्यक्ष भिमादेवी देवकोटाले एकल महिलाहरुका लागी आय आर्जनमा सहज हुने खालका नीति ल्याउन सुझाव दिईन। तालीम सङ्गै व्यवसाय संचालनका लागि बीउ पुजी लगानी गर्ने नीति बनाउन आग्रह गरिन।

    युवा व्यवसायी समज्ञा अधिकारीले काम गर्ने जहिल्यै पाखा लाग्नुपर्ने र कागज मिलाउन सक्नेले बजेट हत्याउने प्रवृत्ति रहेको भन्दै काम गर्ने, पसिना बगाउने वर्गको पक्षमा नीति बनाउन सुझाव दिए।

    एमालेका नेता प्रकाश अर्यालले दीर्घकालीन रुपमा फाइदा पुग्ने खालका योजनालाई प्राथमिकतामा राखेर काम गर्न सुझाए।
    जनताका समस्या र मागहरू प्रत्येक्ष सुनेर, सुझाव संकलन गरी नीति बनाउन सुझाव दिए।

    थारु कल्याणकारी परिषद् देवदहका सचीव देवराज चौधरी थारु समुदाय सङ्गै अन्य जातजातिको लोप हुन लागेको संस्कृती संरक्षणका लागी नीति बनाउन आग्रह गरे।

    देवदह आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले प्रविधिमैत्री शिक्षानीतिको अंगिकार गरी विद्यार्थीहरुलाई पढाई सङ्गै प्रविधि सिकाउन आवश्यक रहेको उल्लेख गरे।

    नेपाली काङ्ग्रेसका सभापति एवं दुग्ध व्यवसायी गुणाखर भूर्तेलले किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गरि दुग्ध उत्पादन बढाउन सके दुग्धजन्य उत्पादनबाट देवदहको अर्थतन्त्र मजवुत हुने धारणा राखे।


    नगरपालिकाका वरिष्ठ प्रसाशकीय अधिकृत रमेश गिरिको संचालनमा भएको कार्यक्रममा उपप्रमुख विद्या लक्ष्मी गुरुङले स्वागत गर्दै नगरका स्थानीयको आवश्यकता र दीर्घकालीन विकासको नीतिलाई प्राथमिकता दिदै काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिईन।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij