बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो

images
  • 270
    SHARES

  • images
    images
    images
    पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
    images
    images
    images

    किमाथांका (संखुवासभा)। संखुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथांका नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । 

    बाढीले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो । भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए । 

    images
    images
    images

    उनका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथांकाबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ ।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij