बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

images
  • 319
    SHARES

  • images
    images
    images
    चीनमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह
    images
    images
    images

    बेइजिङ । चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले शनिबार (जुन ७) देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले ‘पहेँलो स्तर’को चेतावनी जारी गरेको छ ।

    शनिबार दिउँसो २ बजेदेखि आइतबार सोही समयसम्म याङ्छे नदी र ह्वाइहे नदी आसपासका क्षेत्र, हानज्याङ नदी, याङ्छे नदीको दक्षिणतर्फ पर्ने भूभाग, गुइझोउ तथा गुआङ्शी प्रान्तमा भारी वर्षा हुने अनुमान छ ।

    images
    images
    images

    जिआङ्सु, आन्हुई, हुबेई र चेजियाङका केही स्थानमा १८० मिलिमिटरसम्म वर्षा हुन सक्ने जनाइएको छ ।
    कतिपय क्षेत्रमा एक घण्टामै ८० मिलिमिटर वा त्योभन्दा बढी पानी पर्ने सम्भावना छ । मेघगर्जन र हुरी समेत चल्न सक्ने अनुमान छ ।

    स्थानीय प्रशासन तथा सम्बन्धित निकायलाई सहरी तथा ग्रामीण क्षेत्रका ढल एवं निकास प्रणालीको निरीक्षण र पूर्वतयारी गर्न सुझाव दिइएको छ ।
    चीनमा प्रयोग गरिने चार स्तरको चेतावनी प्रणालीअनुसार, रातो सबैभन्दा उच्च जोखिम जनाउने रङ हो । त्यसपछिका क्रमशः सुन्तला, पहेँलो र निलो रङले त्योभन्दा कम खतरा दर्साउँछन् । 

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij