बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु

बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु

images
  • 228
    SHARES

  • images
    images
    images
    बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु
    images
    images
    images

    लुम्बिनी पाना, बुटवल । बुटवलमा तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सुरु भएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सञ्चालन हुने तालिमको आइतबाट बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले उद्घाटन गरे । 

    कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले उपमहानगरले मिडिया प्रर्वद्धको क्षेत्रमा काम गरिरहेको बताए । उनले सञ्चार क्षेत्रले नगरको सकारात्मक कार्यको प्रचार र कमजोरीको निरन्तर खबरदारी गर्न आग्रह गरे । उनले आफुहरु निर्वाचित भएपछि सञ्चार क्षेत्रसंग निरन्तर सहयात्रा गर्दै आइरहको बताए । पछिल्लो समय सञ्चारकर्मीहरु सामाजिक सञ्जाल केन्द्रीत भएको उल्लेख गर्दै उनले समाचारमा केन्द्रीत हुन सुझाब दिए । नगरपालिकाले सबै जात, जाति, भाषा र धार्मिक समुदायको हितलाई केन्द्रमा राखेर काम गरेको प्रमुख पाण्डेको भनाइ छ ।

    images
    images
    images

    बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देवी अर्यालले बुटवलको विकासमा पत्रकारहरुको सकारात्मक साथ र सहयोग रहेको बताइन । उनले नगरपालिकाले समावेशीताको सवालमा विभिन्न कामहरु गर्दै आइरहेको बताउँदै काम गर्ने क्रममा कुनै पक्ष छुटेको भए आगामी दिनमा सच्याएर अघि वढ्ने प्रतिवद्धता जनाइन । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले पत्रकारहरुले राज्यका निकायहरुको निगरानी र खबरदारी गर्ने पेशागत दायित्व भुल्न नहुने बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष राम प्रसाद आचार्य, प्रेस सेन्टर नेपाल केन्द्रीय सदस्य सरु राना, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे,अग्रज पत्रकार मदनलाल पौडेल र सञ्चारिका समुह रुपन्देही अध्यक्ष मिना ढकालले बोल्दै पत्रकारहरु हरेक दिन अपडेट हुनु पर्ने भएका कारण क्षमता अभिवृद्धि जस्ता तालिमहरु आवश्यक रहेको बताए ।

    images
    images
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij