बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

तनहुँमा छ वर्षको अवधिमा चितुवाले लियो १७ बालबालिकाको ज्यान

तनहुँमा छ वर्षको अवधिमा चितुवाले लियो १७ बालबालिकाको ज्यान

images
  • 287
    SHARES

  • images
    images
    images
    तनहुँमा छ वर्षको अवधिमा चितुवाले लियो १७ बालबालिकाको ज्यान
    images
    images
    images

    लुम्बिनी पाना, तनहुँ। तनहुँमा चितुवाको आक्रमणबाट बन्दिपुर–२ कुवादी कामिडाडा का पाँच वर्षीय उत्सव गुरुङको मृत्यु भएको छ।करिब साढे ६ बजेको समयमा घर नजिकैको मकैबारीबाट एक्कासी आएको चितुवाले आक्रमण गर्दा घरको आँगनमा खेली रहेका गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    चितुवाले चिथोरेर भागेपछि गम्भिर घाइते गुरुङलाई उपचारको लागि बन्दिपुर अस्पताल लगिएको थियो। आवश्यक जाँचपछि उक्त अस्पतालले बालक गुरुङको मृत्यु भएको पुष्टि गरेको हो।

    images
    images
    images

    बालकको मत्युपछि बुबा दलबहादुर र आमा लगायतका आफन्त अर्धचेत अवस्थामा रहेको बन्दिपुर गाउँपालिका–२ नम्बर वडा अध्यक्ष तिलकबहादुर कुँवरले जानकारी दिए। २०७४ सालदेखि हालसम्म ६ वर्षको अवधिमा गुरुङसहित १७ जना बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाइसकेका छन्।

     

    images
    images

    लुम्बिनी पाना

    • मंगलवार, जेठ २७ २०८२०९:३४:४४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij