बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

प्रेस सेन्टर नपाल रुपन्देहीद्धारा आयोजित समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न

प्रेस सेन्टर नपाल रुपन्देहीद्धारा आयोजित समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न

images
  • 252
    SHARES

  • images
    images
    images
    प्रेस सेन्टर नपाल रुपन्देहीद्धारा आयोजित समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना, जेठ २७ । प्रेस सेन्टर नेपालको आयोजनामा र बुटवल उपममहानगरको सहयोगमा सञ्चालित तीन दिने समावेशी पत्रकारिता क्षमता विकास तालिम सम्पन्न भएको छ । मंगलबार भएको समापन समरोहमा बोल्दै नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारहरुले जनताको पक्षमा लेख्ने आँट नगर्ने हो भने समाज अन्धकार हुने बताए । संसारभर नै पश्चगामी शक्तिको उदय हुने परिस्थिति निर्माण हुँदै गइरहेको उल्लेख गर्दै नेता बरालले समाजलाई अगाडी वढाउन पत्रकारहरु सचेत हुनु पर्ने बताए । शाषकहरु दलाल विचौलियाको प्रभावमा परेर श्रमजिबि बर्गको रोजिरोटी खोस्न उद्धत रहेको बताउँदै श्रमजिबि बर्गको पक्षमा कलम चलाउन आग्रह गरे । 

    बुटवल उपमहानगर उपप्रमुख सावित्रा देवी अर्यालले बुटवल उपमहानगरपालिकाले उपमाहानगरले पूर्वाग्रह रहित ढंगले काम गरेको बताइन । विगतमा जस्तो समाचार लेखेकै भरमा जेल बस्नु पर्ने अवस्था नरहेको बताउँदै उनले नगरपालिकाले सकारात्मक कामको प्रचार प्रसार र कमजोरीको खबरदारी गर्न आग्रह गरिन । उपप्रमुख अर्यालले राजाबादी समुहले विभिन्न क्रियाकलाप गर्न थालेका कारण सबै पक्ष एकजुट हुनु पर्नेमा जोड दिइन । 

    images
    images
    images

    प्रेस सेन्टर नेपालका पूर्व केन्द्रीय उपमहासचिव यानेन्द्र जिसिले सिकाइका लागि कहिल्यै पछि हट्न नहुने बताए । पत्रकारिता गर्न प्रत्येक दिन अपडेट हुनु पर्ने उल्लेख गर्दै उनले विभिन्न समयमा हुने तालिमले पत्रकारितालाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य रमेश पोख्रेल, प्रशिक्षार्थीहरु निर्मला सुनार र विवेक शर्माले बोल्दै तालिम प्रभावकारी भएको बताए । उनिहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्नु पर्नेमा जोड दिए । 

    सोही अवशरमा प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्यमा निर्वाचित हुने सरु राना, रमेश पोख्रेल र सञ्जय सौगात र संगठनको प्रदेश सदस्यमा निर्वाचित रमेश गैरे, सञ्चारिका समुह लुम्बिनी प्रदेश महासचिवमा निर्वाचित मायाँ केसी, आदिवासी जनजाति पत्रकार महसंघ लुम्बिनी प्रदेश महासचिवमा निर्वाचित सोनु थापालाई सम्मान गरिएको प्रेस सेन्टरले जानकारी दिएको छ ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij