देवदह। मुक्ति समाज नेपाल रुपन्देहीले देवदह नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ। स्थानीय तहमा दलित मैत्री नीति कार्यक्रम र बजेट बनाउनु पर्ने लागायत विभिन्न २३ वटा माग राखी देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब प्रसाद खरेल, उप प्रमुख विद्या लक्ष्मी गुरुङ समक्ष ज्ञापनपत्र बुझाइएको हो। रुपन्देहीको १६ वटै पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत बुधबार देवदह नगरपालिकामा ज्ञापनपत्र बुझाइएको मुक्ति समाज नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष बिकाश गहतराजले जानकारी दिए।
ज्ञापनपत्रमा संवैधानिक व्यवस्थामा उल्लेख गरिएका दलित समुदायको अधिकार तथा समानुपातिक समावेसी पुर्णरूपमा कार्यान्वयन हुन नसकेको र दलित समुदायको उत्थानका खातिर स्थानीय तहले जातिय विभेद तथा छुवाछुत मुक्त पालिका निर्माण गरि सहभोज र सामाजिक अन्तरघुलनका कार्यक्रमहरु, व्यवासय दर्तामा छुट तथा सहज वातावरण निर्माण, भुमिहिन, सुकुम्बासि दलित समदायको तथ्याक संकलन गरि लाल पुर्जा वितरण, जातीय विभेद र छुवाछूत प्रथाविरोधी स्थानीय पाठ्यक्रमको निमार्ण, विपन्न दलित समुदाय सहयोगार्थ आकस्मिक कोष स्थापना लगायतका माग राखिएको छ।
ज्ञापन पत्र बुझेपछि बोल्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले मुक्ति समाजको मागप्रति देवदह नगरपालिका सकारात्मक रहेको बताए। नगर प्रमुख खरेलले देशमा परिवर्तनका खातिर भएका बिभिन्न आन्दोलनमा दलित समुदायको महत्वपूर्ण भूमिका रहेको भन्दै संबिधान व्यवस्थामा भए बमोजिम दलित समुदायको हक अधिकार र सुनिस्चितताका लागि आफु प्रतिबद्द रहेको र समाज रुपान्तरणका लागि सबै लाग्नुपर्ने धारणा व्यक्त
गर्नुभएको थियो ।
यस्तो छ २३ बुंदे ज्ञापन पत्र
१. जातिय विभेद र छुवाछुत अन्त्यका नीम्ति समाजिक सतेतनामूलक र समाजिक अन्तरघुलनका कार्यक्रमहरु
संचालनका लागि माग गर्दछौ ।
२. यस पालिकामा दलित रणनीति र दलित पाश्र्व चित्र निमार्णका निम्ति माग गर्दछौ ।
३. दलित समुदायको पेशालाई आधुनिकीकरण र उनिहरुको व्यवसाय सञ्चालनका निम्ति व्याजमा आर्थिक व्यवस्थापन
एवं व्यवसाय दर्तामा कर छुटको माग गर्दछौ ।
४. नगरबाट विनियोजित छात्रवृतिमा दलित छात्राछात्रलाई विशेष प्रथामिकता निम्ति माग गर्दछौ ।
५. पालिकाले प्रदान गर्ने विभिन्न अवसरमा दलित समुदायको सहभागिताको सुनिश्चिताका निम्ति माग गर्दछौ ।
६. भुमिहिन, सुकुम्बासि दलित समदायको तथ्याक संकलन गरि लाल पुर्जा वितरणका निम्ति माग गर्दछौ ।
७. सबै प्रकारको विभेदको अन्त्यका निम्ति विभेद गनेलाई तत्काल कानुनी कारवाहीका निम्ति नीति, कार्यविधि निमार्ण
निम्ति माग गर्दछौ ।
८. पालिका र वडामा निमार्ण÷गठनहर्ने विभिन्न समितिहरु ( टोल विकास, विद्यालय, आमा समुह, उपभोक्ता..) मा
दलित समुदायको सुनिश्चितता गर्नका निम्ति माग गर्दछौ ।
९. विशेष दलित जनप्रतिनिधिहरुको क्षामता विकास र दलित वडा सदस्यहरुलाई का.व. अध्यक्षका निम्ति अवसरका
निम्ति माग गर्दछौ ।
१०. पालिकाले दलित सुदायको पहिचान झल्किने गरि पालिका स्तरिय कार्यक्रमका निम्ति माग गर्दछौ ।
११. जनप्रतिनिधि, कर्मचारी र विद्यालयमा जातिय विभेद विरुद्ध विशेष कार्यक्रम आयोजनाका निम्ति निम्ति माग
गर्दछौ ।
१२. स्थानीय तह अन्तरगत गरिने शिक्षक कर्मचारी भर्नामा समावेशीताको आधारमा गरियोस ।
१३. अन्तर जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन र सम्मानको व्यवस्था होस ।
१४. सहभोज र सामाजिक अन्तरघुलनका कार्यक्रमहरु लागू गरियोस ।
१५. जातीय विभेद र छुवाछूत प्रथाविरोधी स्थानीय पाठ्यक्रमको निमार्ण गरी लागू गरियोस ।
१६. विपन्न दलित समुदाय सहयोगार्थ आकस्मिक कोष स्थापना गरियोस्।
१७. दलित समुदायको वास्तविक वस्तु स्थिति निमार्ण गरी सोही अनुसार बजेटको व्यवस्था गरियोस
१८. दलित समुदायको जीविकोपार्जन सुधार गर्ने विभिन्न आयआर्जनका कार्यक्रम तय गरी
कार्यान्वयन गरियोस ।
१९. विद्यालय छोडने जोखिममा रहेका दलित तथा विपन्न बालबालिकालाई अध्ययन सुनिश्चित गर्ने
कार्यक्रम तर्जुमा गरियोस्।
२०. संवैधानिक र कानुनी प्रावधानहरुको कार्यान्वयन गर्ने सहयोगी कार्यक्रमहरु लागू गरियोस।
२१. वालघरे प्रथा अन्त्यको लागि दलित समुदायले उत्पादन गर्ने वस्तु र सेवाको ज्याला निर्धारण
गरियोस्।
२२. जातिय विभेद तथा छुवाछुत मुक्त पालिका निर्माण गरियोस्।
२३. विपन्न दलित परिवारलाई स्वास्थ्य विमामा निशुल्क गरियोस्।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij