मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

केरवानी खानेपानी तथा सरसफाई उपभोक्ताका संस्थाको नवनिर्मित भवन उद्घाटन

केरवानी खानेपानी तथा सरसफाई उपभोक्ताका संस्थाको नवनिर्मित भवन उद्घाटन

images
  • 720
    SHARES

  • images
    images
    images
    केरवानी खानेपानी तथा सरसफाई उपभोक्ताका संस्थाको नवनिर्मित भवन उद्घाटन
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदह - १ मा अवस्थित केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ । लुम्विनी प्रदेश सरकारको करिव ४५ लाखको लागतमा निर्माण भएको प्रशासनिक भवनको शुक्रबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो।

     

    images
    images
    images

    FB_IMG_1749815500938.jpg

     

    नव निर्मित भवनको रुपन्देही खानेपानी तथा सरसफाई कार्यालयका प्रमुख ईन्जिनियर राजकुमार चौधरी र खानेपानी उपभोक्ता तथा सरसफाई महासंघका केन्द्रिय सदस्य अनिषा पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

    भवनको उद्घाटन गर्दै ईन्जिनियर चौधरीले स्वच्छ, शुद्ध खानेपानीको लागि ३ वटै तहको सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनु भयो । उहाँले केरवानी खानेपानी क्षेत्रमा आर्सनिक चुनौतीको रुपमा रहेको बताउँदै डिपट्युववेलको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले उपभोक्ता समिति सक्रिय भएमात्र खानेपानी संस्थालाई नमुना बनाउन सकिने बताउँदै कार्यालय व्यवस्थित गर्नको लागि प्रशासनिक भवन आवश्यक रहेको बताउनु भयो ।

    त्यस्तै खानेपानी उपभोक्ता तथा सरसफाई महासंघका केन्द्रिय सदस्य अनिषा पौडेलले खानेपानी संस्थाहरु गैर नाफामुलक संस्था भएकोले राज्यले कर लगाउन नहुनेमा जोड दिनु भयो । उहाँले स्वच्छ र शुद्ध खानेपानीको लागि खानेपानी संस्थाहरु सक्रिय भएर लाग्न आग्रह गर्दै खानेपानी संस्थालाई लगाएको करको विरुद्धमा महासंघ लागिरहेको बताउनु भयो ।

    उहाँले खानेपानी संस्थामा देखिएको समस्या समाधान गर्न महासंघ सदैव तयार रहेको बताउँदै महासंघको पहलका कारण विद्युतमा ५० प्रतिशत छुट गर्न सफल भएको दावी गर्नु भयो । कार्यक्रममा देवदह–१, का वडाअध्यक्ष दिपकप्रसाद नेपाल, २, का वडाअध्यक्ष दलबहादुर राकसकोटी, निवर्तमान अध्यक्ष कालुराम थापा लगायतले आ–आफना भनाई राख्नु भएको थियो ।

    केरवानी खानेपानी उपभोक्ता तथा सरसफाई संस्था देवदह–१, का अध्यक्ष बोधराज गौडेलको अध्यक्षता, उपाध्यक्ष गीता भण्डारीको स्वागत र सचिव दिपक पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij