बिहिवार, आश्विन १५ गते २०८३
लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा मेलमिलापकर्ताहरुको लागि तीन दिने पुनर्ताजगी तालिम सुरु भएको छ। देवदह नगरपालिका,न्यायीक समितिको आयोजनामा सोमबारबाट मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालीमको आयोजना गरिएको हो।
तालीमको उद्घाटन सत्रमा मन्तब्य व्यक्त गर्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले तालिमले मेलमिलापकर्ताहरु सक्षम हुने विश्वास ब्यक्त गर्नुभयो ।मुद्दा मामिला सहजीकरण र क्षमता अभिबृद्दीका लागी तालीम महत्त्वपूर्ण रहेको बताउँदै नगर प्रमुख खरेलले मेलमिलापकर्ता समक्ष आउने मुद्दा मामिलाहरू सरल ढंगले सहजीकरण गरि मेलमिलाप गराउन आग्रह गर्नुभयो।
त्यस्तै देवदह नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक विद्या लक्ष्मी गुरुङले समाजमा हुने सामान्य विवादहरु समाजमै मिल्न राम्रो हुने बताउनुभयो । उप प्रमुख गुरुङले गुणस्तरीय न्याय सम्पादनको लागि मेलमिलापकर्ताहरुको दक्षता अति नै जरुरी भएकाले तालिम लगायतका कार्यक्रमलाई न्यायीक समितिले प्राथमिकतामा राखेको बताउनुभयो।
मेलमिलाप कर्ता सम्म आएका मुद्दा मामिलाहरूमा कुनै व्यक्तिगत प्रभाव र राजनतिक दल नभनी स्वच्छ र निस्वार्थ ढंगले सहजीकरण गर्न समेत उपप्रमुख गुरुङले आग्रह गर्नुभयो।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमको क्षेत्राधिकार दिइएको छ । सामान्य प्रकृतिका पारिवारिक, समाज तथा छरछिमेकमा परिरहने किसिमका विवाद निरुपणको जिम्मा पनि स्थानीय तहको न्यायिक समितिलाई दिइएको छ ।
स्थानीय सरकार संचालन ऎन २०७४ दफा ४७ को उपदफा १ बमोजिम १३ वटा मुद्दा र उपदफा २ बमोजिम १२ मुद्दा मेलमिलाप कर्ताले हेर्न मिल्ने उपप्रमुख गुरुङको भनाई थियो।
देवदह नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालले समाजमा हुने विवादहरु न्यायिक समितिबाटै समाधान होस र आम जन समुदायलाई न्यायको अनुभुति होस भन्ने उदेश्यले तालिमको आयोजना गरिएको बताउँदै नयाँ पुस्तालाई समेत यस्ता खालका तालिममा जोड्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
नगरपालिकामा सृचिकृत ९४ जना मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको ३ दिने तालिमको सहजीकरण मेलमिलाप परिषद्का सुचिकृत सहजकर्ता अधिबक्ता हेमा न्यौपाने र राधा अधिकारी भट्टराईले गर्नुभएको छ।
उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, न्यायीक समिति सदस्य कुन्ता खाम्चाको स्वागत र न्यायीक समितिका सदस्य सचीव मिना ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
लुम्बिनी पाना मिडिया प्रालिद्वारा सञ्चालित
लुम्बिनी पाना डटकम
सूचना तथा प्रसारण विभाग दर्ता नं-३२७९/०७८/०७९ प्रधान कार्यालय:देवदह-३ रुपन्देही
कर्पाेरेट कार्यालय : बुटवल -१०,रुपन्देही
मुख्य शाखा कार्यालय : तिनाउ गाउँपालिका -३ ,पाल्पा समाचार तथा विज्ञापनको लागि ९८५७०८३४५० ,९८४२००२४७८ Email:lumbinipana312@gmail.com
समाचारको लागी : newslumbinipana@gmail.com
प्रबन्ध सम्पादक : निर्मल एसपी थापा
कार्यकारी सम्पादक :एलबी सर्बुजा सम्पादक : सुनिता थापा
Copyright © 2026 All right reserved to Lumbini Pana Site By: Sobij