बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदहमा मेलमिलाप कर्ताको लागी ३ दिने पुनर्ताजगी तालिम

देवदहमा मेलमिलाप कर्ताको लागी ३ दिने पुनर्ताजगी तालिम

images
  • 490
    SHARES

  • images
    images
    images
    देवदहमा मेलमिलाप कर्ताको लागी ३ दिने पुनर्ताजगी तालिम
    images
    images
    images

    लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा मेलमिलापकर्ताहरुको लागि तिन दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ। देवदह नगरपालिका,न्यायीक समितिको आयोजनामा सोमबारबाट सुरु भएको तालीम सम्पन्न भएको हो।

    तालीमको समापन सत्रमा मन्तब्य व्यक्त गर्दै देवदह नगरपालिकाका नगर प्रमुख धुब्र प्रसाद खरेलले तालिममा सिकेको कुराहरूलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो। मेलमिलाप कर्ताहरुको लागी आयोजित ३ दिने पुनर्ताजगी तालिमले मेलमिलापकर्ताहरु सक्षम हुने विश्वास ब्यक्त गर्दै निस्वार्थ रुपमा सहजीकरण गर्न आग्रह गर्नुभयो।

    images
    images
    images

    त्यस्तै देवदह नगरपालिका उपप्रमुख तथा न्यायिक जसमिति संयोजक विद्या लक्ष्मी गुरुङले समाजमा हुने सामान्य विवादहरु समाजमै मिल्न राम्रो हुने बताउनुभयो । उप प्रमुख गुरुङले गुणस्तरीय न्याय सम्पादनको लागि मेलमिलापकर्ताहरुको दक्षता अति नै जरुरी भएकाले तालिम लगायतका कार्यक्रमलाई न्यायीक समितिले प्राथमिकतामा राखेको बताउनुभयो।

    मेलमिलाप कर्ता सम्म आएका मुद्दा मामिलाहरूमा कुनै व्यक्तिगत प्रभाव र राजनतिक दल नभनी स्वच्छ र निस्वार्थ ढंगले सहजीकरण गर्न समेत उपप्रमुख गुरुङले आग्रह गर्नुभयो। 

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहलाई सामान्य प्रकृतिका मुद्दामा फैसला गर्ने र केही विवादमा मेलमिलाप मात्र गराउन पाउने गरी दुई किसिमको क्षेत्राधिकार दिइएको छ । सामान्य प्रकृतिका पारिवारिक, समाज तथा छरछिमेकमा परिरहने किसिमका विवाद निरुपणको जिम्मा पनि स्थानीय तहको न्यायिक समितिलाई दिइएको छ ।

    स्थानीय सरकार संचालन ऎन २०७४ दफा ४७ को उपदफा १ बमोजिम १३ वटा मुद्दा र उपदफा २ बमोजिम १२ मुद्दा मेलमिलाप कर्ताले हेर्न मिल्ने उपप्रमुख गुरुङको भनाई थियो।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधु कृष्ण पौड्यालले मेलमिलाप कर्ताहरु सुचिकृत समाजमा हुने गरेका झैझगडा तथा मुद्दा मामिलाहरु सहजीकरणमा सहयोग पुर्याएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

    तालिममा मेलमिलापकर्ता डिल्लीराज मरासिनी र एलिना हमालले पुनर्ताजगी तालिमबारे अनुभव व्यक्त गरेका थिए।

    समापन कार्यक्रममा देवदह नगरपालिका प्रबक्ता गणेश डुम्रे, वडा नम्बर -८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डे, वडा नम्बर -७ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, वडा नम्बर -६ को अध्यक्ष खेम बहादुर थापा, कार्यपालिका सदस्य, न्यायीक समितिका सदस्यहरु, मेलमिलाप संयोजकहरुको उपस्थिति रहेको थियो।

    नगरपालिकामा सृचिकृत ९४ जना मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको ३ दिने तालिमको सहजीकरण मेलमिलाप परिषद्का सुचिकृत सहजकर्ता  अधिबक्ता हेमा न्यौपाने र राधा अधिकारी भट्टराईले गर्नुभएको थियो।

    उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, न्यायीक समिति सदस्य कुन्ता खाम्चाको स्वागत र न्यायीक समितिका सदस्य सचीव मिना भुसालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij