मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

भिजिट भिसामा ठगिएका दुई हजार बढी नेपाली सम्पर्कमा आए : रास्वपा

भिजिट भिसामा ठगिएका दुई हजार बढी नेपाली सम्पर्कमा आए : रास्वपा

images
  • 279
    SHARES

  • images
    images
    images
    भिजिट भिसामा ठगिएका दुई हजार  बढी नेपाली सम्पर्कमा आए : रास्वपा
    images
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसामा ठगिएका दुई हजार धेरै पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ। जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो थियो।

    ‘भर्चुअल र फिजिकल माध्यमबाट दुुई हजार धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आउनु भयो,’ रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले भने, ‘त्यसमध्ये केही आफ्नो दुःखको कथा र ठगिएको सम्बन्धित प्रमाण लिएर पार्टी कार्यालयमा आउनु भयो । हामीले वहाँहरूलाई सम्बन्धित सरकारी निकाय र संवैधानिक नियोगमा लगायतमा उजुरी दिन सुझाएका हौं। यो एक राजनीतिक दलले गर्ने स्वाभाविक व्यवहार र नियमित अभ्यास हो ।’ उनले सम्पर्कमा आएकाहरूलाई सम्बन्धित सरकारी तथा संवैधानिक नियोगहरूमा जान सुझाएको पनि बताए। त्यस्तै रास्वपाले गृहमन्त्रीले सदनमा बोल्दा नक्कली उजुरी दिन लगाएको भनेर विषयान्तर गर्न खोजेको आरोप पनि लगाएको छ।

    images
    images
    images

    ‘रास्वपाले यसलाई बिषयान्तर गर्न तथा संसद्को रोष्ट्रमबाट नै गृहमन्त्रीले पीडितलाई दिएको धम्कीको नियोजित शृङ्खला मानेको छ’ उनले भने। त्यस्तै रास्वपा सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिने काम भइरहेको भनेर समाचार सार्वजनिक भएको विषयमा ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य पत्ता लगाउन सांसद चन्दा कार्की भण्डारीको नेतृत्वमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र पूर्व एसएसपी लव विष्ट सदस्य रहेको समिति गठन गरिएको उनले जानकारी दिए। भिजिट भिसा र मानव तस्करी संगठित अपराध भएको र रास्वपा त्यसको विरुद्धमा आन्दोलन गरिरहने झाले बताए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको माग गर्दै रास्वपाले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ।

     

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij