बिहिवार, आश्विन १५ गते २०८३

Logo बिहिवार, आश्विन १५ गते २०८३
images
images

देवदह -८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

देवदह -८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

images
  • 446
    SHARES

  • images
    images
    images
    देवदह -८ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
    images
    images
    images

    लुम्बिनी पाना देवदह। देवदह नगरपालिका वडा नम्बर - ८ ले  आर्थिक वर्ष २०८१/०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र २०८२/०८३ को लागि नीती तथा कार्यक्रम सुझाव संकलन हेतु सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीयले सुझाव तथा जिज्ञासा राखेका थिए। 

    सार्वजनी सुनुवाई कार्यक्रमका प्रमुख अतिथि देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेलले सार्वजनिक सेवा प्रवाह गर्ने हरेक निकाय पारदर्शी हुनुपर्ने बताउनुभयो। नगर प्रमुख खरेलले आगामी असोज भित्र नागरिकलाई लालपुर्जा वितरण गर्ने गरी नगरपालिका लागिरहेको बताउदैं नापजाच भईसकेका जग्गाको लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो। 

    images
    images
    images

    नगर प्रमुख खरेलले वडाको विकासमा टोल विकास संस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताउनु भयो । उहाँले  विकास निरन्तर चल्ने प्रक्रिया भएको बताउदै सम्बन्धित सबैलाई समेट्ने गरी योजना अगाडि सार्न आवश्यक रहेको औल्याउनु भयो ।उहाँले सबैको सहकार्यले मात्र वडाको विकास गर्न सकिने बताउनु भयो ।

    देवदह नगरपालिका वडा नम्बर -८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेले प्रतिवेदन सार्वजनिक गर्दै ४ करोड भन्दा बढिको योजना सम्पन्न गरेको जानकारी दिनु भयो । वडाअध्यक्ष पाण्डेले आर्थिक विकास तर्फ ४ वटा, सामाजिक विकास तर्फ ७ वटा, पुर्वाधार विजकास तर्फ १५ वटा, वन तथा वातावरण तर्फ ४ वटा गरी ९४ लाख बरावरको योजना सम्पन्न गरेको जानकारी दिनु भयो । यसैगरी नगरस्तरीय १३ वटा योजना, प्रदेश स्तरीय १५ वटा योजना सम्पन्न भईसकेको जानकारी दिनु भयो ।  यसैगरी वडा कार्यालयबाट ५ सय ३९ जनाले सामाजिक सुरक्षा प्राप्त गरेको, जन्मदर्ता, मृत्यु दर्ता, सम्वन्ध विछेद, विवाह, बसाइसराई सेवा प्रवाह गरेको जानकारी दिनु भयो । 

    वडा अध्यक्ष पाण्डेले यस आर्थिक बर्षमा वडा कार्यालयले ३३ लाख ११ हजार राजश्व संकलन गरेको जानकारी दिदै वडा कार्यालयले १ लाख बरावरको २८ विपन्न घरपरिवारलाई नि: शुल्क स्वास्थ्य विमा, वडामा सिसिटीभी क्यामेरा जडान, सीप संग सिकाई कार्यक्रम गरिएको जानकारी दिनु भयो । 

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल, नगर प्रवक्ता गणेश डुम्रे, देवदह प्रहरी चौकीका वरिष्ठ सई कवि सेन्चुरी, विद्युत प्राधिकरण शितलनगरका अर्जुन ढकालले नागरिकले उठाएको जिज्ञासको जवाफ दिएका थिए । वडा अध्यक्ष हरि प्रसाद पाण्डे, वडा सदस्य कुन्ता खाम्चाको स्वागत र वडा सचिव सनम परियारको संचालनमामा कार्यक्रम सम्पन्न भएको थियो। सार्वजनिक सुनुवाईको सहजीकरण सञ्चारकर्मी तिलोचन दहालले गर्नु भएको थियो ।

     

    images
    images

    लुम्बिनी पाना

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij