लुम्बिनी पाना, देवदह । रुपन्देहीको देवदहमा सहकारीमा लेखा व्यवस्थापन कर व्यवस्थापन तथा E-TDS सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ।जिल्ला सहकारी संघ रुपन्देहीको आयोजना, र देवदह नगरपालिकाको आर्थिक सहयोगमा तालिममा सम्पन्न भएको हो।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले देवदहमा रहेका सहकारी संस्थाहरु प्रबर्द्धनको लागि नगरपालिका सकारात्मक रहेको धारणा राख्नुभएको थियो। संविधानले सहकारीको क्षेत्रको बारेमा विभिन्न अनुसूचीहरुमा समेत उल्लेख गरेको हुँदा आम समुदायको विकासमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।
त्यस्तै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचनले सहकारीमा हुने अनियमितालाई न्यूनीकरण गर्न अनुगमनको पाटोलाई व्यवस्थित बनाएर लैजान आग्रह गर्नुभएको थियो। सहकारीबाट संचालन भएका गतिविधिहरुले शेयर सदस्य लाभान्वित भएकि भएनन्, जिवनस्तर सुधार भयो कि नाई यी विषयमा अनुगमन गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डका सदस्य टीका न्यौपाने, राष्ट्रिय सहकारी बोर्डका पूर्व संचालक प्रकाश अर्याल लगायतले
बोल्दै सहकारीको समस्याहरु पहिचान सङ्गै समाधान गरि शेयर सदस्यहरुको लागी आर्थिक, सामाजिक क्रियाकलापहरु संचालन गर्नुपर्ने धारणा राखेका थिए।
तालिममा प्रशिक्षक मनोज खनाल र राम प्रसाद न्यौपानेले सहजीकरण गर्दै सहभागीहरुलाई सहकारी के हो, सहकारीका सिद्धान्त, मूल्य मान्यता अवधारणा सहित सहकारीमा लेखा भनेको के हो ? यसको महत्व, सहकारीका विभिन्न कोषहरु, सहकारीका ४ खाताहरु आम्दानी खर्च सम्पति दायित्व लगायतका विषयमा व्यवहारिक अभ्यास सहित समूहगत रुपमा प्रशिक्षण दिइएको थियो ।
६० जना प्रशिक्षार्थी सहभागी भएको तालीमको समापन समारोहमा सहभागीको तर्फबाट विश्नु अर्याल, दिपक पौडेल र पूर्णकलि खरेलले मन्तव्य व्यक्त गरेका थिए।कार्यक्रम सहकारी संजाल देवदहका अध्यक्ष जागेश्वर पङ्गेनीको अध्यक्षतामा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij